धरान/ झिगुः समाज धरानले आज (सोमबार) बाट विविध कार्यक्रम गर्दै नेपाल सम्वत् ११३९ को स्वागत गर्दै छ ।
समाजले वाकाथुन, मन्दिर सफाइ, साइक्लिङ, नयाँवर्षको स्वागतार्थ प्रभातफेरी, शङ्खधर शाख्वाको सालिकमा माल्यार्पण गर्ने भएको हो । सोमबारबाट शुरू भई बिहीबारसम्म विविध कार्यक्रम गर्ने समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितले जानकारी दिए ।
हरेक वर्ष समाजले नयाँवर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेको छ । यसवर्ष पनि नेपाल सम्वत्को अवसरमा विविध कार्यक्रम गर्दै मनाउन लागिएको हो । यसवर्ष नेपाल सम्वत् बिहीबारको दिन पर्छ ।
यसै अवसरमा हरेराम कर्माचार्यले नेपाल सम्वत्को गोजीपात्रो प्रकाशित गर्ने जानकारी दिए । नेपाल सम्वत् चन्द्रमासको आधारमा फेरिने गरेको छ । जसलाई लुनार क्यालेण्डरसमेत भनिने गरिन्छ । यसका प्रवर्तक शङ्खधर शाख्वा हुन् । ध
रान–३ चिनियाँ चोकमा शाख्वाको अर्धकदको सालिक निर्माण गरिएको छ । जसलाई ज्येष्ठ नागरिक पार्कको रूपमा समेत व्यवस्थित गरिएको छ ।