विजयपुर/आपराधिक गतिविधि न्यूनीकरणका लागि धरान प्रहरीले युवाहरूलाई परामर्श दिन थालेको छ ।
[caption id="attachment_60094" align="alignnone" width="873"] फायलफाेटाे[/caption]इलाका प्रहरी कार्यालय धरानले प्रहरी, अभिभावक तथा लागूऔषध प्रयोगकर्तालाई राखेर परामर्श दिन थालेको हो । लागूऔषधले विभिन्न आपराधिक गतिविधि बढाउने निष्कर्षसहित लागूऔषध प्रयोगकर्ताहरूलाई परामर्श दिन थालिएको इप्रकाका डिएसपी सुमन तिम्सिनाले बताए ।
उनले भने, ‘समाजमा जति आपराधिक घटनाहरू वृद्धि भएका छन्, त्यसको मुख्य जड नै लागूऔषध हो, यसलाई नियन्त्रण गर्न प्रहरीले काउन्सिलिङ अगाडि बढाएको हो ।’
उनले यसका लागि लागूऔषधको कारोबार हुने क्षेत्रको पहिचान गर्ने निगरानी राख्ने, प्रयोगकर्तालाई प्रक्राउ गरी नियन्त्रणमा लिने र उनीहरूको पारिवारिक ब्याकग्राण्डको विषयमा काउन्सिलिङ गर्ने जानकारी दिए ।
परामर्शका क्रममा प्रहरीले लागूऔषधमा फसेका युवाहरूको तीनपुस्ते ‘प्रोफाइल’ तयार पार्ने गरेको छ । उनले भारतीय नागरिकले ल्याएको २१ बोरा पटाका बरामद गर्नु पनि परामर्शकै उपज भएको बताए ।
उनका अनुसार अभियानले दुव्र्यसनी न्यूनीकरणमा सहयोगसँगै समाजमा हुने चोरीलगायतका आतङ्क पनि निर्मूल हुन्छ ।