ताप्लेजुङ /  अलैँची वेच्न जाँदै गर्दा ताप्लेजुङमा एक जनाको लडेर ज्यान गएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका वडा २ सान्थाक्रा माइको सिमपानी बस्ने ४२ वर्षीय नासुङ माइला शेर्पाको ज्यान गएको हो । मृतक शेर्पा अलैची बोकेर दोभान आउने क्रममा चिप्लिएर आइतबार बिहान लडेका थिए । मृतक शेर्पाको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वताएको छ ।