काठमाडौं /  आउँदो मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंमा जनसभा गरे सार्वजनिक हुने कार्यक्रम तय गरेको छ । उक्त जनसभामा विप्लवले सम्बोधन गर्ने छन । हाल भूमिगत अवस्थामा रहेका विप्लव सार्वजनिक हुने भएका छन् । यता सरकारले विप्लव समूहसँग औपचारिक वार्ता गरी उनीहरुका माग सम्वोधन गर्ने तयारी पनि शुरु गरेको बताइएको छ । सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पहल गरिरहेको सरकारी श्रोतले जनाएको छ ।

आफूहरुसँग अनौपचारिक कुराकानी भएपछि विप्लव समुहमा आवद्ध नेताहरुका अभिव्यक्ति सकारात्मक रहेको र अब सकारात्मक वार्ता हुने वार्ता टोलीका संयोजक पाण्डेले जानकारी दिएका छन् । यसअघि विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पटक–पटक पक्राउ पर्दै छुटेका थिए । उनलाई विभिन्न जिल्लाबाट मुद्धा दायर गरिएको थियो । स्वयं विप्लवविद्ध पनि पक्राउपूर्जी जारी भएको छ । उनलाई प्रहरीले पक्राउ भने गरेको छैन् ।