मधुमल्ला । मिक्लाजुङ साहित्य समाज मोरङको आयोजना सिर्जना अनावरणको छैटौं सृङ्खला (गजल महफिल) कार्यक्रम सम्पन्न भएको छ ।

मोरङको मिक्लाजुङ ३ टाँडीमा अवस्थित कालीका सामुदायीक विद्यालयको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार द्वय काठमाण्डौका सर्जक बाबु त्रिपाठी र झापाका सर्जक लोकेन्द्र बन्जराका गजलहरु बाचन गरीएका थिए ।

कार्यक्रममा झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा, पाँचथर, काठाण्डौ र तेह्रथुमका टीका आत्रेया, देबि पन्थि ,अभागी थेगुबा,कृष्ण उदासी , राजकुमार सुब्बा अनिश्चित , अयज आसस,जितेन मुस्कान, बाटो घरे कान्छा,तिलाश्रि तिम्सिना , कल्पना आचर्य ओलि, मनोज मुस्किल , बिनय सरगम, राज आशतित, बिन्दु दाहाल , भरत गुरागाइ, उमेश नुइटेल, प्रागय न्यौपाने , रमेश चन्द्र अधिकारी ,राजेन्द्र बिबश, सुराज लिम्बू , दिपक दियालो , सुमन राई, सन्तोष गौतम , पुष्प बराल, केशब, गोबिन्द बस्नेत , रुद्र धुलो,कबिन,मन कुमार लिम्बू , कृष्ण काश्यप, चोमु शृर्पा खुसि, दुर्गा शिवाकोटी सुनिता तामाङ , सपना भट्टराई लगायत एक सय बढी कवि तथा साहित्यकाहरुको उपस्थिती रहेको मिक्लाजुङ साहित्य समाजका सचिब गगन योक्पाङ्देनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ साहित्यकार सुन्दर कुरुपले नेपाली सहित्यमा गजल बिना सहित्य अधुरो रहने भन्दै साहित्यीक यात्रामा निरान्तर लागी पर्न स्रष्ठाहरुलाई आवह्न गरे थिए । कार्यक्रममा मिक्लाजुङ साहित्य समाजाका अध्यक्ष कमल मिश्रले संचालन गरेको कार्यक्रमको साहित्य समाजकी उपाध्याक्ष निर्मला न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।