यासोक / ‘यो वा त्यो बाहानामा योजनाको काममा निर्माण कम्पनीले आल टाल गर्दै आएका हुन्छन् । कतिपय योजना विचैमा अलपत्र पर्छन् भने, कतिपय योजना बर्षौ पछि धकेलिन्छन् तर पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनाले भने चाडपर्वमा पनि निरन्तरता पाएको छ । समयमै आयोजनाको काम पूरा गर्ने लक्ष्य राखेको निर्माण कम्पनीले चाडपर्वमा पनि निरन्तरता दिएको हो । दशैंकोबिचमा मात्रै २ किलोमिटर मुख्य पाइपलाईन बिछ्याएको निर्माण कम्पनीले प्रत्यक आरभिटिमा प्रयोग हुने सम्पवाईलको काम पनि गर्दै आएको छ । योजनाको काम २०७५ सालसम्म पुरा गर्नु पर्ने भएकाले दशैं तिहारमा पनि काम संचालन गर्दै आएको हो । तिहारको समयमा पनि नेपाल भारत सिमाका श्रमिकहरु निर्माण स्थलमा परिचालित भएका छन । नेपालीले दशै तिहार मनाउँने भएकाले मुसलमान समुदायका श्रमिकलाई प्रयोग गरिएको निर्माण कम्पनीले जनाएको छ । आयोजनाको १८ किलोमिटर मुख्य पाईपलाईन मध्ये २ सय ५० मिटर मात्रै पाइप बिछ्याउँन बाँकी रहेको कम्पनिले जनाएको छ । त्यस्तै बितरण लाइनको १ सय ९० किलोमिटर मध्ये ३७ किलोमिटरको काम पुरा भएको छ । सुख्खा क्षेत्रका ३ हजार ४३ घरधुरी परिवारलाई मिटर र धारा जडान पनि गर्दै आएको निर्माण कम्पनीका प्रमुख सन्तोष बस्नेतले बताए । प्रदेश र केन्द्रको कार्यालय समायोजनको कामले गर्दा निर्माण कम्पनीले २ करोड रुपैयाँ नपाउँदा ठुलो समस्या भएको बताए । साउन र भदैमा २ वटा बिल पेस भए तर कार्यालय समायोजनको बिषयले गर्दा अहिलेसम्म भुक्तानी नपाउँदा श्रमिक र कर्मचारीको चित्त बुझाएर काम गर्दै आएका छौं, बस्नेतले भने । चाडपर्वमा ‘श्रमिकको दशैं खल्लो’ भन्ने समाचार प्रकाशनपछि निर्माण कम्पनीले नेपाल सरकारबाट रकम नपाए पनि श्रमिलाई पैसा दिएको छ । तमोर लिफ्ट खानेपानी आयोजनामा काम गर्दै आएका श्रमिकले दशैं तिहार खर्च पाएका हुन । निर्माण स्थलमा काम गर्दै आएका २ सय जना श्रमिकले ४९ लाख रकम पाएका थिए । आयोजनामा लाग्ने कर्चापदार्थ र निर्माण सामाग्रीको रकम नबुझाई श्रमिकलाई पहिलो प्राथमित्ता दिएको निर्माण कम्पनीले बताएको छ । योजनाको काममा श्रमिकको चासो । तमोर लिफ्टमा काम गर्दै आएका श्रमिकहरु आयोजनाको काम प्रति गंम्भिर भएका छन । सिंगो गाउँपालिका नै काकाकुल भएपछि कतिपय श्रमिकले स्थानीयलाई राहत दिएर मात्रै घर फर्कने बताउँदै आएका छन् । यस्तै मध्येका एक हुन् । सुनसरीका अनिल उराउ उनले दशैंको समयमा पनि निरन्तर योजनाको काम गर्दै आएका छन । उनि संगै १२ जना श्रमिकहरु काम गर्दै आएका छन । दशैंको एक दिन मात्रै स्थानीयसंग दशैं मनाएको उनले अनुभव सुनाए । खानेपानीको हाहाकारमा तड्पिरहेका स्थानीयलाई पानी खुवाएरमा मात्र घर र्फकने उनको योजना छ । परिवारलाई आफुले पुन्यको काम गर्दै आएको बताउँदै आएको सुनाए । दशैंको समयमा मात्रै १ किलोमिटर मुख्य पाइपलाईन बिछ्याएर वल्डिङ गरेको बताए । उनि जस्तै अन्य श्रमिकहरु पनि लागि परेका छन् । गाउँमा तमोरको पानी ल्याउँन स्थानीयदेखि बाह्य श्रमिकहरु काम गर्दै आएका छन ।