भद्रपुर । संघियताको मर्म अनुसार निर्माण भएका संघिय, प्रदेश र स्थानिय तहको सरकार संविधानतः पाएकोे अधिकार बमोजिम संचालीत छन् । तिनै तहको सरकारमा देखिएको अन्योलता र समन्वय अभावका विच विकास निर्माणमा जुटने प्रयासमा रहेका छन् । नयाँ अभ्यासमा रहेको संघिय, प्रदेश र स्थानिय सरकारलाई संविधानले पनि एक अर्काको पुरक भएर काम गर्न निर्देशित गरेको छ । यसै मेसोमा विराटनगरमा तिन तहका सरकारले भ्यू टावर निर्माण गर्ने भएका छन् । तिनै तहका सरकार चासोका साथ उक्त टावर निर्माणमा जुटने भएका छन् । भ्यू टावर निर्माणकोलागी निजि क्षेत्रले पनि हता बढाएका छन ।
विराटनगरमा भ्यू टावर निर्माणमा सबै प्रकारको सहयोगको साथै सचोका साथ हेरिरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् । विराटनगर महानगरपालीका–३ मा निर्माण हुन लागेको उक्त भ्यू टावारको आइतबार सिलान्यास गर्दै मन्त्री पण्डितले एकपटक पुग्नै पर्ने स्थान बन्ने विश्वास व्यक्त गरे ।विराटनगर आउनेलाई घुम्ने ठाउ नभइरहेको अवस्थामा उनले त्यो अभावलाई पर्ति गर्ने बताए । उनले पेरिसको ‘आईफिल’ टावरको उदारहण दिदै आयस्रोतका दृष्टिले पनि राम्रो कमाइ हुने धारणा राखे । विराटनगर महानगरपालीका,प्रदेश सरकार, निजी क्षेत्र र जग्गा दाता सबै सँग सहमति भएकोले भ्यू टावर निर्माण हुनेमा ढुक्क रहेको बताए ।
कार्यक्रममा प्रदेश १ का कार्यवाहक मुख्य मन्त्री तथा आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ढिलै भए पनि राम्रो काम सुरु भएको बताए । उनले भ्यू टावर सम्पुर्ण स्थानीय,प्रदेस, संघिय तथा निजी क्षेत्रको नमुन काम बन्ने धारणा राखे । उनले लामो समय राजनैतिक परिवर्तनको कारणले अलमल भएको बताउदै अब विकास निर्माणमा लाग्नु पर्ने बताए । उनले सबै प्रकारको काम साझेदारीमा हुनु पर्ने धारण राखे । उनले विराटनगरमा बन्ने भ्यू टावरकालागी प्रदेश १ सरकार सबै प्रकारको सहयोगकोलागी तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
१ विघा ७ कठ्ठा जमिनमा निर्माण हुने उक्त भ्यू टावर १ सय १० मिटरको हुने छ । टावर निर्माणकोलागी ४ अर्व खर्च हुने सुरुवाति अनुमान गरिएको छ । टवरको पहिलो तल्लामा राजवंशी समदायको संग्राहलय रहने विराटनगर महानगरपालीकाका मेयर भिम पराजुललीले जानकारी दिएका छन् । सँगै टावरमा रेष्टुरेन्ट, सपिङ्ग महल लगायत हुने उनले बताए । टावरको अवलोकनमा आउनेलाई छोडेर जान नसक्ने बनाउने मेयर पराजुलीले बताए । संघिय, प्रदेश, स्थानिय सरकार र निजि क्षेत्रको एउटा नमुना बन्ने उनले बताए । कार्यक्रममा टवार निर्माणकालागी जग्गा दाता शितलु राजवंशिका परिवारलाई सम्मान गरिएको थियो ।