धरान / धरान त्यसै रंगिन छ । झन दिनहु राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले धरानेहरुको हरेक साँझ रंगिन बनिरहेका छन् । चाडबाड आए पछि धरानमा पहिले मेला लाग्थ्यो । खेल तमसा हून्थ्यो तर अहिले प्शासनले मेला लगाउन नदिए पछि हरेक साँझ भिन्न स्थानमा भिन्न आयोजकबाट सांगितिक कार्यक्रम हुन थालेका छन् । धरानेलाई विभिन्न संघ संस्थाहरुले भरपुर मनोरत्तजन दिईरहेका छन् । प्रत्येक बर्ष दिपावली साँझ गर्दै आएको फेन्टासी धरानले नवौ टुवर्ग दिपावली साँझ आईतबार गरेको छ । धरान १८ विपि प्रतिष्ठान गेट अगाडी रहेको विपि सुन्दर वजारमा आयोजित साँझमा लोपप्रिय गायक कमल खत्री र नायिका समिता गिरिको नृत्य प्रस्तुतिले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । फेन्टासी धरानले हरेक साल तिहारको अवसरमा मनोरञ्जनात्मक दिपावलि साझ गर्दै आइरेको फेन्टासी धरानका अध्यक्ष तारा राईले जनाए । साँझ साढे सात वजे देखि सुरु भएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी धरान १८ वडाध्यक्ष प्रविण राईले पानसमा दिप वालेर गरेका थिए । कार्यक्रममा डान्स सेन्टर हाम्रो डान्स सेन्टरको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन गराए ।
अघिल्लो दिन धरान १५ वगरकोटस्थित एमएच विविक्यु हाउसले तिहारको अवसरमा शनिवार साँझ आयोजना गरेको एम एच टुवर्ग दिपावली साँझमा गायक डिल्ली फोम्वोले बगरकोट तताएका थिए । चर्चित धराने गायक फोम्वो र द विमोक्स व्याण्डको प्रस्तुतिले शनिवार साँझ बगरकोट रंगित बन्यो । उनले आफ्नो माइली, सेकमाङ्ग, रातकी रानी , चिटिक्क र सम्वन्ध वोलका गितसहित दर्जन गित गाए ।
शुक्रबार साँझ बगरकोटको भिन्टेज एण्ड वारमा पनि दीपावली साँझ गरिएको थियो । कलाकार शिव परियार तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए ।
आज छिमेकी युवा समुह धरान –१२ ले छिमेकी साँझ गरिरहेकाे छ । प्रत्येक बर्ष लोकप्रिय कलाकारहरु ल्याएर कार्यक्रम गर्दै आएको छिमेकीले यस बर्ष पनि शिव परिवार, मेलिनालगायतका कलाकारहरु ल्याएको छ ।