काठमाडौं / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई  थाइल्याण्डको राजधानी बैंककमा घाटीकाे समस्याकाे उपचार गराइरहनु भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रिका प्रेस सल्लाहाकार धु्र्व सुवेदीले जानकारी दिएका छन् । नेपालमा घाँटीको समस्या पत्ता नलागेपछि उनी शुक्रबार उपचारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका थिए । बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको चेकजाँच अनुसार उनको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री राईको स्वास्थ्य चेकजाँजमा डा. इटिपाेल काेमाेनह्रुर्युरून, डा. निरामार्साकुल, र डा. सुथेप प्याचराटाकुल  संलग्न रहेकाे बताइएकाे । घाँटीको समस्याबाट पीडित उनको विस्तृत रिपोर्ट कार्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड गएका हुन । २४ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।