श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक २० गते मङ्गलबार, ६ नोभेम्बर २०१८ । कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि २२ः०८ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र चित्रा २०ः०६ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः१९ र सूर्यास्त ५ः१५ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) शरीर अस्वस्थ रहला । पारिवारिक स्वास्थ्य उपचारमा ठूलै धनराशि खर्च हुनेछ । शुभसमाचार सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय मध्यम्खालको छ । सवारी साधन तथा हतियारको प्रयोगमा सावधानी अपनाउनु होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय राम्रो छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइको सहयोग प्रँप्त भइरहला । लाभदायी यात्राको अवसर प्रँप्त होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । कार्य–व्यवसायमा बिघ्न वाधा आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । पठन–पाठन तथा लेखन कार्यमा समस्या आइपर्न सक्छ । अशुभ समाचारले मन खिन्न बन्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन–अध्यापनमा खासै मन नजाला । टाउकोसम्बन्धी समस्याले निकै सताउला । अनावश्यक काममा फसिएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नोकरी तथा सामाजिक काममा पदोन्नति हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नया“ कामको शुभारम्भ हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय मध्यम्खालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनु पर्ला । आरम्भ गरेको काममा बाधा आइपर्न सक्ला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइको साथ र समर्थन प्राप्त भइरहला । शुभसमाचारले मन प्रसन्न बन्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।