विराटनगर / मिस नेवा कोशीको ताज विराटनगरकी सुधा श्रेष्ठले पहिरिएकी छन् । मञ्जिना मुभिज प्रालिको आयोजनामा विराटनगरमा आयोजित फाइलनमा १३ स्पर्धीलाई उछिन्दै ताज पहिरिएकी हुन् ।  फष्ट रनरअप मनिषा शाक्य र सेकेण्ड रनरअप आस्मा तुलाधर घोषित भइन् ।

व्यक्तिगत टाइटलतर्फ भ्युवर्स च्वाइस एलिना श्रेष्ठ, मिस ट्यालेन्ट मनिषा शाक्य, मिस चार्मिङ तमना श्रेष्ठ, बेस्ट फिजिक रुइना प्रधान, बेस्ट ड्रेसको अवार्ड नियती प्रधानले जितेकी छन् ।

त्यस्तै मिस फोटोजेनिक आर्जु श्रेष्ठ, मिस एथलेटिक शुभेक्षा ताम्राकार, मिस डिसिप्लिन स्नेहा श्रेष्ठ, मिस पर्सनालिटी आर्जु श्रेष्ठ, मिस क्याटवक रुजा शाक्य, मिस फ्रेन्डसिप चेलिना श्रेष्ठ, बेस्ट स्माइलको पुरस्कार सिर्जना श्रेष्ठले जितेका छन् ।

बीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठ, मकालु टेलिभिजनका सिइओ दिवस सुवेदी, नायिका सञ्चिता लुइटेल, सञ्चारकर्मी रस्मिला प्रजापति र जयन सुब्बा मानन्धर निर्णायक थिए ।

नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १३ प्रतिस्पर्धी फाइलनमा भिडन्त गरेको प्रमुख कार्यकारी अधिकृत जतिन ताम्राकारले बताए ।