झापा/ नेपाली चलचित्र ‘दैलो’ को टिमले झापा नेत्रहीन सङ्घलाई आर्थिक सहयोग गरेको छ । टिमले च्यारिटी शोमार्फत् सङ्कलित रकममध्ये ३५ हजार ५ सय ५५ रुपैयाँ सोमबार सहयोग गरेको हो । चलचित्रका निर्देशक तथा कलाकार सुरेश उप्रेती र नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले सङ्घका अध्यक्ष द्रोणाचार्य निरौलालाई रकम हस्तान्तरण गरे । फिल्म कात्तिक ३० गतेबाट देशभर प्रदर्शन हुँदैछ । ७० लाखको लागतमा निर्मित फिल्ममा सामाजिक तथा पारिवारिक विषयवस्तु उठान गरिएको छ । फिल्ममा उप्रेतीका अलावा दुर्गा साउन, विकास चापागाई, दीक्षा आचार्य सापकोटालगायतको अभिनय रहेको छ ।