इटहरी/इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लब इटहरीले दुई पत्रकारसहित ७ जनालाई सम्मान गरेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा पत्रकार अर्जुन सुवेदी, मनोज भुजेल, शिक्षासेवी चन्द्र भण्डारी, फुटबल खेलाडी प्रवेश दनुवार, रेखा पौडेल र पूजा चौधरीलाई सम्मान गरेको थियो । कार्यक्रममा जनगायक जीवन शर्मालाई नागरिक अभिनन्दनसमेत गरेको क्लबका अध्यक्ष सञ्जीव ढुङ्गानाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सर्वध्वज साँवाले राजा क्लबले इटहरीको इतिहास बोकेको बताए । कार्यक्रममा लोकनृत्य प्रतियोगितासमेत गरिएको छ । पछिल्लो समयमा लोकनृत्य लोप हुन थालेको भन्दै क्लबले बर्सेनी प्रतियोगिता गर्दै आएको छ ।
लोकनृत्य प्रतियोगितामा प्रथम नागी डान्स सेन्टर, दोस्रोमा ओम डान्स सेन्टर तरहरा र तेस्रोमा लक्ष्मी डान्स सेन्टर इटहरी भएको प्रतियोगिताका निर्णायक राजु गिरीले बताए ।