बिर्तामोड/ लमजुङ, कपिलवस्तु, सिन्धुली, विराटनगर, पोखरा, रसुवा, गुल्मी, झापा, भक्तपुर गोठगाउँ र वुटवलमा गरी ७ सय ४५ जनालाई ‘पहिलो पाइला’ नामक संस्थाले झोला वितरण गरेको छ ।
बालबालिकालाई झोलासँगै एक हजार ७ सय ७० रुपैयाँ बराबरको शैक्षिक सामाग्री उपलब्ध गराइएको महासचिव विजय खड्काले जानकारी दिए ।
सामाजिक क्षेत्रमा क्रियाशील संस्थाले देशभर रहेका विपन्न परिवारका एक हजार बालबालिकालाई शैक्षिक सामग्रीसहितको भाग्य बोक्ने झोला वितरण गर्ने उद्देश्य लिएको छ । देशभर संस्थाका १४ शाखा छन् ।