https://www.youtube.com/watch?v=76W9Ri7Vc9Q&feature=youtu.be

धरान । यमपञ्चककाे दोश्रो दिन अाज घर घरमा कुकुरको पूजा गरिएको छ । हिन्दुहरूको माहान चाड दशैंपछिको अर्को ठूलो चाड तिहारकाे अागमनसँगै फूल र झिलिमिली बत्तीले धरान शहर रंगिएकाे छ ।

यमपञ्चककाे सुरूवातसँगै धरानवासीहरूले आफ्नो घरको सजावट गरिसकेका छन् । बत्तिको र फूलको झिलिमिलीले सहर सिंघारिएको छ । यमपञ्चककाे दोश्रो दिन अाजबाट बजारमा फूलको व्यापार बढेको छ । यसपटक तिहार ढिलो भएकाले कृषकको बारीमा लगाएको सबै फूल राम्राेसँग फुली बजारमा अाउन पाएकाले फूलको मूल्य अघिल्लो वर्षभन्दा आधा घटेको धनकुटाका फूल कृषक बताउँछन् ।

फूलकाे मूल्य अघिल्लो वर्षभन्दा निकै सस्तो भएकाले यसपटक घर पुरै सजाउन पाएकाे धरान–१७ की इन्दिरा विष्टले बताइन्

। त्यस्तै बजारमा टोपी, गलबन तथा देउसी भैलाेमा प्रयाेग हुने मादललगायतका सामाग्रीकाे पनि बिक्री बढेको छ । तिहारमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई उपहार दिने सामाग्रीहरूको व्यापार पनि राम्रो चलेको छ ।

स्नेह, माया, सद्भाव र संस्कारको पर्व दीपावलीमा झिलिमिली हुनु राम्रो पक्ष हो । तर पछिल्लो समय झिलिमिली बत्तिका कारण विद्धुत जाने खतरा पनि बढेकाे छ । परम्परागत तिहार हराउदै गएको छ । एकादेशको कथाझैं बन्न थालेको छ ।

अहिलेका चाडपर्व जाँड, रक्सी र जुवामा रंगीन थालेका छन् । परम्परागत देउसी, भैली गीत सुनिन छाडेका छन् । तिनको स्थान अंग्रेजी र हिन्दी फिल्मका भड्किला गीतहरूले लिएका छन् । आधुनिक पप, र्‍यापको चर्को ध्वनिले संस्कृति मिच्दै गएकाे छ ।

देउसी, भैली पनि रकम संकलन गर्ने बहाना बन्नु बिडम्बना हो । तिहारमा घरमा भुइँ तल्लादेखि छतसम्म नै विद्युतीय बत्ति जडान गरेर घरलाई झिलिमिली बनाइएको छ। विगतमा फुल र बत्ति बालेर झिलिमिली बनाउने गरिन्थ्यो । तस्विरहरूः डम्बर कार्की