पथरीशनिश्चरे / गायक एवम् संगीतकार देव गुरुङले दशैं गीत सार्वजनिक गरेलगत्ते तिहारको यो देउसी गीत सार्वजनिक गरेर तीहारको सांस्कृतिक पक्ष उजागर गरेका छन् । स्थानीय गणेश वाछना राईको शब्दमा देवको संगीत एवम् गायन तथा दमकका अशोक थापाको एरेञ्जमा ‘घिनघिन मादलु’ बोलको एउटा देउसी गीत सार्वजनिक भएको हो ।
सन्तोष राईको निर्देशनमा जसको भिडियो समेत निर्माण भई युट्यूवमार्फत सार्वजनिक भएको गायक एवम् संगीतकार देवले जनाए । गीत संगीतमा व्यस्त देवले दशैंमा आफ्नो शव्द, संगीत र गायनमा ‘विर्खे दाई’ बोलको दशैंगीत उसैगरी सार्वजनिक भएको थियो । उनको संगीतमा त्यसअघि विशाल राईको शव्दमा मेलिना राईको स्वरको ‘गुरासैं फूल्यो’, नन्दु गुरुङको ‘जमाना’ एल्वमका साथै पथरीशनिश्चरे नगरको चिनारी गीत, सहकारी गीत समेत निर्माण हुनपुगेको थियो । उनको शव्द संगीतमा नन्दुले गाएको ‘ए साइली’, अमीर राईको शव्द र स्वरमा ‘मैले ऋतुहरुको’ चाँही केही रोमान्टिक गीत वन्न पुगेको छ । उनले आफ्नो संगीत र गायनमा २ दर्जन बढी गीत ल्याइसकेका छन् ।
बलिमा राजाको हुकुमले, तिहारै राम्रो रमझमले
ङोलोस्यो नानी छेउ हुँदा, मन भयो मेरो तुलबुले
घिनघिननाघिन मादलु बजाउँदै, बुर्कुसी मारी नाचौं कि
देउसीरे गीत मिसाउँदै, माया र पिरती गासौं कि