भद्रपुर / तीन महिनाभित्र सम्पादन गरिएका कार्यहरु जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको छ । कार्यालयले गरेका कार्यहरुलाइ मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । प्रहरी कार्यालय तथा मातहातबाट गरिएका चोरी तस्करी नियन्त्रण, लागूऔषध, फैसलाकार्यान्वयन,यौनजन्य गतिविधि, गम्भिर अपराध, गुण्डागर्दी, तास जुवा लगायतका कार्यहरुको विवरणसहित जिल्लाका एसपी भीमप्रसाद ढकालले सार्वजानिक गरेका थिए । प्रहरीले चालु आर्थिक वर्ष यता असोज मसान्तसम्म १ करोड २ लाख ४ हजार ९१ रुपैया भन्सार चोरी तस्करी नियन्त्रणबाट राजस्व सङ्कलन गरेको जनाएको छ । ढुङ्गा,गिटी,बालुवा र काठबाट ३ लाख,७ लाख ९४ हजार ५ सय ४६ मूल्य बराबरको बारुद्धजन्य पटका,५३ जना जुवाडेबाट ३ लाख ७३ हजार १ सय ३५ रुपैया बरामद गरेको छ । त्यसैगरी विभिन्न प्रकारका लागूऔषधसहित त्यसमा संलग्न ६४ जना,फैसला कार्यान्वयन अन्र्तगत फरार रहेका ८२ जना, यौनजन्य गतिविधिमा संलग्न ७५ जना, गम्भीर अपराधमा संलग्न १ सय ४१ जना र गुण्डागर्दीमा संलग्न १ सय १० जना पक्राउ गरिएको एसपी ढकालले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले झापाको भद्रपुर,काँकडभिट्टा, गौरीगञ्ज,कोरोबारी,सतिघट्टा,केचना लगायतका क्षेत्रबाट विभिन्न समयमा सादा तथा गस्ती प्रहरीले बरामद गरेको ढकालले जनाए । प्रहरीले बरामद गरेको पटकालाइ भने पत्रकारको उपस्थितीमा नष्ट गरिएको थियो । प्रहरीले भदौ ३ बाट यौनजन्य हिंसा न्यूनिकरणमा टोल–टोलमा प्रहरी,असोज १५ बाट पीडितको साथी प्रहरी र प्रधान कार्यालयबाट जारी भएको कात्तीक ११ बाट समुदाय प्रहरी साझेदारी अभियान जारी रहेको उनले बताए ।