रामेछाप / रामेछापको लिखु तामाकोसी गाउँपालिकमा सोमबार घरमै झुण्डिएको अवस्थामा फेला परेकी झलमाया श्रेष्ठको हत्या भएको स्थानीयले बताएका छन् । उनको आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष, दुईजना वडाध्यक्षसहितका स्थानीयले प्रहरीमा बुधबार उजुरी दिएका छन् । लिखु तामाकोशी गाउँपालिका–४ धोबी बजारकी ४० वर्षीया झलमाया श्रेष्ठको शव सोमबार बिहान उनकै घरको घुरीबलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । तर उनलाई उनका पति धननारायण श्रेष्ठ र सोही स्थानकी गोपिनी खड्काले हत्या गरेको भन्दै उनीहरुको विरुद्ध गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, वडा नं ३ र ४ का वडाअध्यक्षहरु सहित २३९ जनाले प्रहरीमा उजुरी दिएका छन् । हत्याा भएको भन्ने आधार अध्यक्ष खड्काका अनुसार मृतक महिलाले अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन स्थानीयलाई हारगुहार गरेकी थिईन । उनले पतिले आफूलाई मारेर आत्माहत्या गरेको भन्न सक्ने भन्दै बचाउको लागि स्थानीयलाई भनेकी थिईन । उनले विलाप गरेको भोली पल्टै घट्ना भएकाले हत्याको आसंका भएको अध्यक्ष खड्काले बताएका छन् ।
तर प्रहरीमा उजु्री भने कसैले दिएका थिएनन । स्थानीय २ सय ३९ जनाले उनको हत्या भएको हुनसक्ने भन्दै संयुक्त हस्ताक्षर गरी प्रहरीलाई उजुरी गरेपछि धननारायन र गोपिनीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । दुई जना मिलेर उनको हत्या गरेको भन्दै स्थानीयबासीले उनीहरुलाई दुव्यहार समेत गरेका छन् ।