पथरीशनिश्चरे   / मुलुकमा यौन हिंसाका घटनाहरु बढिरहेको अवस्थामा मोरङको पथरीशनिश्चरे ९ स्थित नवप्रतिभा सामाजिक क्लबले वालिका र किशोरीहरुका लागि यौन हिंसा विरुद्धको सचेतना कार्यक्रम गरेको छ । टीपीओ नेपालको काठमाडौंमा मनोविमर्शकर्ताका रुपमा काम गर्दै आएकी सोही वडाकी प्रतिमा गुरुङको अवधारणामा यौन हिंसा र त्यसबाट वच्ने उपायका बारेमा जानकारी गराइएको हो । ‘आफुलाई माया गरौं साथी’ नाम दिइएको महेन्द्रचोकमा सोमवार आयोजित कार्यक्रममा वडाका बालिका तथा किशोरी गरी ४० जनाको सहभागिता गराई मनोविमर्शकर्ता गुरुङले उनीहरुलाई यौन हिंसा विरुद्ध डटेर लड्न प्रोत्साहित गरिन् । युथ नेटवर्क दमक झापाको सहकार्यको कार्यक्रममा, वडा सदस्य इन्द्रावती गुरुङले बेलैदेखि वालिकाहरुलाई यौन हिंसाबाट वच्ने उपाय र यौन हिंसा भएमा अपराधीलाई कारवाही गर्नुपर्ने जानकारी दिनु आवश्यक रहेको बताइन् ।