श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक २१ गते बुधबार, ७ नोभेम्बर २०१८ । कार्तिक कृष्णपक्षको औंसी तिथि २१ः८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र स्वाती ३५ः१० बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः१९ र सूर्यास्त ५ः१४ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) रमाइलो वातावरणमा दिन बित्नेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ होला । राजनैतिक निकायमा सक्रिय भइएला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धातु तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थान भ्रमण गर्ने अवसर मिल्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शरीर आलश्य बन्नेछ । स्वास्थ्य उपचारमा ठूलै धनराशि खर्च हुनेछ । दिनको उत्तराद्र्धतिर शुभसमाचार सुन्न पाइएला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जग्गा–जमिन तथा तत्जन्य कार्य व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय उत्तमखालको छ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । नपत्याएका व्यक्तिबाट विशेष सहयोग मिल्ला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । रमणीय कार्यमा संलग्न भइएला । छोटो दूरीको लाभदायी यात्रा हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभूषण प्रँप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलो वातावरणमा दिन बित्ला ।