पाँचथर/ पाँचथरका एक युवाको मङ्गलबार दक्षिण कोरियामा मृत्यु भएको छ । फिदिम नगरपालिका–५ चोकमागुका ३७ वर्षीय राजेश तुम्बापोको निधन भएको हो ।
तुम्बापो समाज सेवा सङ्घ प्रवास शाखा दक्षिण कोरियाका सल्लाहकार अर्जुन तुम्बापोले कम्पनीको मेसिनमा च्यापिएर मृत्यु भएको पुष्टि गरे । उनी अढाई वर्षअघि दक्षिण कोरिया पुगेका थिए ।
छल्लाबोक्दो याञ्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत रहेको समयमा उनी मेसिनमा च्यापिन पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको तुम्बापोले जानकारी दिए । तिहारको रौनक शुरू भएको बेला मृत्यु भएपछि तुम्बापो परिवार शोकमा डुबेको छ ।