ताप्लेजुङ / प्रदेश नं. १ कै अहिलेसम्मकै ठूलो धनराशीको पुरस्कार दावी गरिएको खुल्ला नृत्य प्रतियोगिता ‘ताप्लेजुङ डान्स स्टार सिजन–२’ को उपाधी प्रतिभा लिम्बूले जितेकी छिन । दोखु युवा क्लवले विगत तीन महिना अघि सुरु गरेको नृत्य प्रतियोगितको फाईनल मंगलवार भएको हो । प्रतियोगिताको फस्ट रनर अप पाँचथरका रोशन मगर एभने सेकेण्ड रनर अप ताप्लेजुङकै मैवाखोला गाउँपालिकाकी डिम्पल तामाङ भएकी छिन् । प्रथम हुने प्रतिभाले २ लाख वरावरको स्कुटर प्राप्त गरेकी छिन् । साथै फस्ट रनर अप रोशनले ल्यापटप साथै नगद साढे सात हजार प्राप्त गरे भने सेकेण्ड रनर अप डिम्पलले स्मार्ट मोवाईल सेट साथै नगद ५ हजार प्राप्त गरेको कार्यक्रम संयोजक क्षितिज सुनुवारले जानकारी दिए । उत्कृठ १२ जना प्रतिस्पर्धीहरुलाई एसएमएस भोटिङको माध्यमवाट तथा निर्णयकले दिएको अंकका आधारमा विजेता, उपविजेताको निर्णय लिईएको थियो । एसएमएस भोटिङ प्रणाली ताप्लेजुङ हुने प्रतियोगितामा पहिलो पटक प्रयोग गरिएको थियो । प्रतिस्पर्धीहरुले १ लाख ५० हजार भन्दा वढि एसएमएस भोट प्राप्त गरेका थिए । ग्राण्ड फिनालेमा राष्ट्रिय कलाकारहरु आशिस राना (लाउरे), गायिका मिना निरौला,गायक डिजराज पौडेल, बुगीवुगी डान्सर रविन भुजेल, हास्य कलाकार भरतमणी पौडेल लगायतले प्रस्तुती दिएका थिए ।