धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चानुवांमा ज्वाईले ससुराको हत्या गरेका छन् । डाँडागाउँ ४ का ६५ बर्षका गोरे बहादुर तामाङ्लाई उनका ज्वाई फत्तेबहादुर तामाङले खुकुरी प्रहार गरि हिजो बेलुका हत्या गरेको प्रहरीले जनाएको छ ।
उनका ज्वाई फत्तेबहादुरलाई प्रहरीले राती नै पक्राउ गरेको छ । घरमा रक्सी खाएर सुतिरहेको अवस्थामा पक्राउ गरिएको चनुवा प्रहरी चौकीका निमित्त ईन्चार्ज नेत्र भुजेलले जानकारी दिए । मृतककी श्रीमती सुगुरको चारो खोज्न गए पछी एक्लै भएको अबस्थामा तामाङ्को हत्या भएको बताइएको छ । फत्तेबहादुरले आठानी भरको सुनको सिक्रि र ३ लाख ८५ हजार रुपैया चोरी गरेर भाग्दै गर्दा गोरेबहादुरले भेटेका थिए । सुन र बाकसमा राखेको उक्त रकम नभएको मृतककी श्रीमित फुलमायाले बताईन ।
यसरी भयाे हत्या मृतककी श्रीमति फुलमायाका अनुसार विहानको खाना खाएर गोरेबहादुर खानेपानी उपभोक्ता समुहको कार्यलय गएका थिए । उनी समुहमा पानी दिने बन्द गर्ने काम गर्दै अाएका थिए । फुलमाया सुगुरलाई चारो लगाउन गएकी थिईन । सोही समयमा १ बजेतिर घर फर्केका गोरबहादुर घर आउदा ज्वाई फत्तेपुरबहादुरले घरको ताला फोडी गहर गहना र पैसा चोरी गरेर भाग्दै गर्दा गोरेबहादुरले भेटेका थिए । ससुराले चोरी गरेको थाहा पाए पछि फत्तेबहादुरले साथमा भिरेको खुकुरी प्रहार गरि हत्या गरेका थिए । चाेरी गरेकाे ढाकछाेप गर्न उनले ससुराकाे हत्या गरेकाे प्रहरीले बताएकाे छ । जताभावी खुकुरी प्रहार गर्दा उनको टाउको, घाटी र शरीरको विभिन्न भागमा चोट लागेको छ । आँगनमा हत्या गरेर डारीले बाधी घिसारेर आँगनबाट डिलमा फालेको अवस्थामा उनको लास भेटिएको थियो । बुलुका ४ बजे फुलमाया आउदा आँगनमा श्रीमानको टोपी थियो । रगत पनि लतपतिएको पाए पछि उनले छिमेकीलाई खवर गरि हेर्दा गोरेबहादुरको लास डिलमुनी भेटिएको थियो । फत्तेबहादुरले अपराध स्वीकार गरि सकेका छन् । उनको साथबाट सुनको सिक्रि र १ लाख १० हजार पैसा पनि बरामद भएको प्रहरीले जनाएको छ । फत्तेबहादुर अपराधिक क्रियाकलपामा यस अघि संलगन नभए पनि उक्त दिने नजिकै मेला लागेको र भलिवल प्रतियोगिता हेरेर रक्सी खाएर ससुराको घरमा पुगेका थिए । घरमा कोही नभएको देखे पछि उनले ताला फुटाएर चोरी गरेका थिए । वृद्ध गोरबहादुरको लास पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
ब्लाष्टखबर युट्युब