पाँचथर । क्यान्सर रोगबाट पीडित पाँच बर्षिय नाबालक नोगेन तुम्रोकको उपचारार्थ उनका अभिभावकले सहयोगको याचना गरेका छन् । फिदिम नगरपालिका–६, याङदीन स्थायी घर भई हाल काठमाण्डौंको जोरपाटी बस्दै आएका नोगेनका बाबु देबेन्द्र तुम्रोकले आफ्नो छोरालाई बचाउन सहयोगको अपिल गरेका हुन् ।
न्यूरो ब्लास्टोमा क्यान्सर भएका नाबालक नोगेनको काठमाण्डौं स्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरले उपचार सम्पन्न गर्न करीब ३५ लाख रुपैंयाँ लाग्ने बताएको देबेन्द्रले बताए । भाबुक हुँदै उनले भने– ‘उपचारमा लाग्ने खर्च सम्झेर छोराको अनुहार हेर्दा आँसु झर्छ, यो बेला जो–कोहिले सकेको सहयोग गरे आभारी हुने थिएँ ।’
कमजोर आर्थिक अवस्थाका कारण नोगेनको उपचारमा बिलम्ब भएको छ । क्यान्सर पीडित नाबालकको उपचारका लागि सामाजिक संस्था पापोहाङ तुम्रोक वंश उत्थान संघले ‘नोगेन तुम्रोक बचाऔं’ अभियान सुरु गरेको छ । संघका महासचिव गणेश तुम्रोकका अनुसार सामाजिक सञ्जालको माध्यमबाट देश–बिदेशमा रहेका विभिन्न व्यक्तिहरुलाई नोगेनको उपचारार्थ स्वेछिक रुपमा आर्थिक सहयोगको लागि आग्रह गरिरहेको बताए । नाबालक नोगेनको उपचारार्थ सहयोग गर्न इच्छुकले उनका बाबु देबेन्द्र तुम्रोकलाई ९८१३२६०३५३ र ‘नोगेन तुम्रोक बचाऔं’ अभियानका गणेश तुम्रोकलाई ९८१४९४६५०९ मा सम्पर्क गर्न सकिनेछ ।
ब्लाष्टखबर युट्युब