वि.सं. २०७५ साल कात्तिक २२ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर ८ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– प्रतिपदा, २१:०६ बजेउप्रान्त द्वितीया मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह Geminiव्याहारिक समस्याले याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो Cancerहतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो Virgoबोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे                                                                                                                                                    सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत रोकिन सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।