विराटनगर / मोरङको जहदा गाउँपालिका कृषकहरू आर्गानिक खेतीतर्फ उन्मुख हुन थालेपछि यस गाउँपालिकाले चालु आर्थिक बर्षमा ३० लाख रुपैयाँ आर्गानिक खेतीका लागि बजेट बिनियोजन गरेको छ । गाउँपालिका चालु आर्थिक बर्षमा कृषिमा १ करोड २९ लाख बजेट बिनियोजन गरेको मध्धे ३० लाख रुपैयाँ अग्र्यानिक खेती गर्ने किसानको वृद्धि विकास र अग्र्यानिक खेतीतर्फ उन्मुख गर्नको लागि छुटयाएको हो । कृषकको बैज्ञानिक तरिकाले व्यवसायिक खेतीका साथै आर्गानिक उत्पादनतर्फ प्रोत्साहन गर्ने नीति समेत यस गाउँपालिको रहेको जहदा गपा प्रमुख कैलाश मण्डलले बताए । जिल्लामा व्यवसायिक रुपमा कृषि खेतीको लागि पकेट क्षेत्रको रुपमा हेरिएको यस गापामा कूल ५ हजार ८ सय ९ हेक्टर क्षेत्रफल मध्धे ४ हजार ५० हेक्टर खेती योग्य जग्गामध्ये ५ सय हेक्टरमा बाह्रै महिना तरकारी खेती हुँदै आएको गाउँपालिकाको कृषि संयोजक रामदेव सिंंहले जानकारी दिए । गाउँपालिकाले आर्गानिक बिषादी बनाउनका लागि १ सय किसानलाई ५० लिटरको ड्रम र हजारी निःशुल्क बितरण गरेको वडा अध्यक्ष जयनरथ गिरीले जानकारी दिए । ‘ आर्गानिक खेतीतर्फ उन्मुख गराउन कृषि सामाग्री वितरण गर्न सुरु गरेका छौं,’ उनले भने, यहाँका किसानलाई विषाधी रहित तरकारी उत्पादन गर्नेछन् ।’ गाउँपालिकाले आर्गानिक बिषादी बनाउन कृषकलाई विभिन्न प्रकारको तालिम दिएपछि अहिले घरमै तरकारीमा प्रयोग गर्न कम्पोष्ट मल बनाउन सुरु गरेको बताइएको छ । बिषादी नियन्त्रणपछि रसायनिक मलको साटो अग्र्यानिक कम्पोष्ट मल घरमा नै बनाउन लगाएर प्रयोग गर्न तालिम लिएपछि यहाँका कृषकहरूले कम्पोष्ट मल बनाउन सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख मण्डलले अग्र्यानिक उत्पादनका लागि ऐन, नियम बनाएर व्यवस्थि तगर्दै लग्ने योजना रहेको बताए । ‘आप्mनो गाउँपालिकाले अग्र्यानिक उत्पादन गरेर मात्रै हुँदैन यसका लागि प्रदेश सरकारले अग्र्यानिक खेतीको स्वामित्व लिनु पर्छ,’ उनले भने, ‘प्रदेश सरकारले आर्गानिक खेती, उत्पादन र प्रयोगका लागि ऐन, नियम र नीति बनाउनु पर्छ ।’