श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक २६ गते सोमबार, १२ नोभेम्बर २०१८ । कार्तिक शुक्लपक्षको पञ्चमी तिथि २५ः०० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वाषाढा २६ः५० बजेसम्म, उप्रान्त उत्ताराषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः२३ र सूर्यास्त ५ः११ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) नया“ तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भम्रण गर्ने अवसर प्राप्त हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय राम्रो छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय राम्रो छ । मनमा प्रसन्नता छाउला । विद्या र बुद्धिको विकास हुनेछ । नया“ कामको शुभारम्भ हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीर अस्वस्थ रहला । सानो काममा ठूलै धनराशि खर्च हुनेछ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । आफ्नोभन्दा अरुको काममा दिन बित्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभूषण प्रँप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।