मधुमल्ला/ मोरङ मिक्लाजुङका सन्तोष गौतमले कम्प्युटर शिक्षा प्रदान गर्न थालेको १० वर्ष भयो । सुरु सुरुमा कम्प्युटर सिकाउन अप्ठ्यारो लाग्ने उनलाई आजभोली सबैभन्दा सजिलो काम कम्प्युटर सिकाउने भएको छ ।
वार्षिक रुपमा उनी दुई सय देखी तिन सय सम्म विभिन्न उमेर समुहका बालबालीका, युवायुवतीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको गौतमले बताए ।
कम्प्युटर सिकाएरै उनि महिनाको सरदर माशिक ५० हजार बढी कमाउछन । उनि भन्छन आफुले सिकेको सीप प्रयोग गर्न पाउँदा खुसी लाग्छ ।
अरु काम भन्दा पनी उनलाई कम्प्युटर सिकाउनेकाम निक्कै सजिलो र सरल लाग्ने गरेको गौतमले बताए ।
सुरु सुरुमा कम्प्युटरको किर्बाेडमा हात राख्द हातको व्यालेन्स मिलाउन कठिन लाग्ने उनलाई आजभोली सबै भन्दा सजिलो काम भनेकै कम्प्युटरको किबोर्ड संग खेलेर कम्प्युटर सिकाउने बनेको छ ।
उनी आफु संगै अन्य दुई जानलाई आफ्नै प्रशिक्षण केन्द्रमा रोजगारी समेत दिएका छन ।
नेपालामा केही गर्न सकिन्न र यहाँ केही गर्न धेरै पैशा चाहिन्छ भन्ने युवा पुस्तालाई उनले चुनौती नै दिएका छन ।यस संग संगै बिदेश पलायन हुनेहरुका लागी नेपालमै केही गर्न सकिन्छ भन्ने गतिलो मिक्लाजुङ क्षेत्रका लागी उदाहरण बनेका छन गौतम ।
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मधुमल्ला बजारमा उनको कम्प्युटर प्रशिक्षण केन्द्र रहेको छ ।
दिनदीनै सुचना र प्रविधीमा हुने परिवर्तन र त्यसको निरन्तर अपडेट गर्न पाउनु र सोही कुरा अरुलाई सीकाउन पाउँदा आफुलाई सन्तुष्ठि मिल्लने उनि बताउँछन् ।
उनले संचालन गर्दै आएको लेखनाथ कम्प्युटर प्रशिक्षण केन्द्र मिक्लाजुङकै सबै भन्दा पुरानो र गुणस्तिरीय कम्प्युटर शिक्षा प्रदान गर्ने संस्था हो ।
२०६३ सालामा नेपाल सरकार उच्च स्तरीय सुचना प्रविधी बोर्डको सहयोगमा देसभर एक सयको को हारहारीमा टेली शेन्टरको स्थापना भए ।
जहाँ सुचना प्रविधी सम्बन्धी जानकारी संगै कम्प्युटर शिक्षा प्रदान गरिन्थ्यो ।
सो अवसर पुर्वको ठोलो र सुविद्या सम्पन्न लेखनाथ पुस्तकालय तथा बाचनालयले प्रप्त गरेको थियो । टेली सेन्टर सेवा संचान गर्दै आएकोमा ६५ साल देखी संचालनमा केही समस्या आएको उक्त संस्थालाई उनले निरन्तरता दिदै संचालन गर्दै आएका छन् ।
लेखनाथ कम्प्युटर प्रशिक्षण केन्द्रमा नै कम्प्युटर सिकेर धेरैले सरकारी जागीरमा नाम समेत निकालेर सरकारी सेवा समेत कार्यरत रहेका छन ।
यतीमात्र हैन सो संस्थामा कम्युटर सिकेर स्थानीय संघ संस्था र सहकारी, विद्यालयहरुमा जागीर खानेहरुको फेहरीस्त निक्कैलामो भएको उनको दावी छ ।
यती मात्र हैन सो प्रशिक्षण केन्द्रमा कम्प्य’टर सिकेर बैदैसिक रोजगारीमा गएर राम्रो र आकर्षक तलब सुविधा पाउनेहरु पनी धेरै छन ।
उनि भन्छन बिदेसमा गएर आफुले सिकेको पेशामा काम पाएर खुसी हुँदै फोन तथा खबर गर्नेहरुको संख्या पनी धेरै छ ।
यस संगै संगै समय सापेक्ष रुपमा अंग्रेजी, कोरीयनका कक्षा समेत संचालनमा रहेको गौतमले बताए ।
त्यस संस्थामा कम्प्युर सिक्नेहरुलाई समय सापेक्ष रुपमा मिलाएर इलेक्टूीसियन, रेडीयो उद्घोण र युवा व्यक्तीत्व विकाश जस्ता तालीमहरु कम्प्युटर सिक्नेहरुलाई निशुल्क प्रदान गर्दै आएको गौतमले बताए ।