नेपालको सन्दर्भमा अहिले नेपाली जनताको भरोसाको केन्द्र भनेको नेपाल कम्युनिष्ट पार्टि भएको छ । उसले अब नेपाली जनतालाई समृद्धिको बाटो तिर लैजानु पर्छ ।
त्यसका लागि के के गर्ने भन्ने बारेको केहि अहम सवाल अहिले नेपाल कम्युनिष्ट पार्टिको नेतृत्वले बुझ्न आवश्यक छ । यति बेला नेपालमा नेपाल कम्युनिष्ट पार्टि छ कि छैन भनेर मान्छेले प्रश्न गर्न थालेका छन् ।
यसको कारण हो । अहिले देश व्यापीरुपमा पार्टिका कुनै पनि कमिटिहरु छैनन् । सम्पुर्ण कार्यकर्ताहरु काम विहिन भएका छन् ।
एकातिर समृद्धिको नारा लागेको छ । मुलुकलाई समृद्ध बनाउँनु र जनतालाई सु:खी बनाउने भनेर सपना बाढ्न छोडिएको छैन ।
जनतालाई सु:खी र मुलुकलाई समृद्धि बनाउँनु अहिलेको आवश्यकता पनि हो । यसका लागि नेपाल कम्युनिष्ट पार्टिले हिजाेको आफनो घोषणा पत्रलाई शिरमा राखेर ठोस योजना बनाएर एक मिनेट पनि बिलम्भ नगरि लाग्नु पर्ने हो ।
तर यसो गर्नु पर्ने बेलामा नेपाल कम्युनिष्ट पार्टि आफै भित्र अलमलिएको बाहाना बनाएर बसेको हो ? अहिले मैदानमा नेपाल कम्युनिष्ट पार्टिको गतिबिधि शुन्य बराबर छ ।
बुढा पाकाको एउटा भनाइ छ । उनिहरुकै शब्दमा भन्दा अलि अफटयारो होला । परिमार्जित गरेर भन्दा दिसा गरि सक्यो अनि दैलो देख्यो ।
अथवा एउटा मानिस पेट दुखेर छटपटिन्छ र बाहिर निस्कीन खोज्छ ।
तर उसले ५० खेप भित्र बाहिर गरेको ढोका भेटदैन । अन्तिममा ढोका नभेटे पछि आफु सुतेकै ठाउँमा दिसा गरि सक्छ ।
त्यस पछि उसले ढोका भेटछ यो उखान जस्तै अहिले नेपा कम्युनिष्ट पार्टिको सरकार छ । यो बेला नेपाल कम्युनिष्ट पार्टिले गर्नु पर्ने काम र थुप्रै जिम्मेवारी छन् ।
ति सबै जिम्मेवारीलाई पुरा गर्नु पर्ने नेपाल कम्युनिष्ट पार्टिको काधमा छ । नेपाल कम्युनिष्ट पार्टिले अहिले गर्नु पर्ने काम र उसको भुमिका के हुन आउँछ भने पहिलो काम हो पार्टि एकिकरणलाई पुर्णता दिनु ।
केन्द्रिय कमिटिको एकिकरण भएर अहिले ५ महिना पुगेर ६ लाग्ने बेला भयो । जुन बेला केन्द्रिय कमिटि बन्यो । त्यो बेला देखि तलका सबै कमिटिलाई निष्कृय बनायो ।
सांगठनिक र बैचारि काममा बन्देज गर्यो । जसको परिणाम तलका प्रदेश जिल्ला र तलका सबै कमिटि भ¨ भए । अब बाकि रहे केन्द्रिय कमिटि र केन्द्रिय सदस्य मात्रै । केन्द्रिय सदस्यहरु पनि कामका लागि बनेनन् ।
मात्रै केन्द्रिय सदस्यको रुपमा मात्रै रहे । उनिहरुको अरु कुनै जिम्मेवारी केहि भएन । जसका कारण ईमान्दार केन्द्रिय सदस्यहरुले अनौपचारि रुपमै भए पनि केहि काम गर्ने कोशिष गरे ।
तर जुन केन्द्रिय सदस्यहरुलाई केन्द्रिय सदस्य मात्रै हुनु थियो । त्यस्ता केन्द्रिय सदस्यहरुले केहि गर्नु नै थिएन । कार्यक्रममा गएर अथिति भयो एउटा माला भिरो अनि एउटा छातिमा बिल्ला लगायो ।
गजक्क परेर बस्यो । अरुले आफुलाई कुन बेला नमस्ते गर्छन भनेर हेर्यो । त्यहि उसको लागि ठुलो काम भयो ।
त्यस्ता केन्द्रिय सदश्यहरुले न जनतालाई विकासका लागि हिडाउँन सक्छन नत समृद्धिको आन्दोलनमा लगाउँन सक्छन न लगाउँने प्रयत्न नै गर्छन् ।
बरु विपक्षीले जस्तै सडकको किनारमा बसेर सरकार र पार्टिको उछितो काडन पछि पर्दैनन् । यिनीहरु वास्तवमै झिकि गाढ भन्दा थपि गाढ भएका छन् ।
यस्ता सदस्यहरुलाई कार्यक्रम आयोजकले सम्मान गर्ने , अथिति सत्कारका लागि मन्चमा बस्ने ठाउँ नभएर हैरान हुन्छ र श्रोताहरु चाहि थोरै हुने अथिति चाहि त्यो भन्दा धेरै हुने अवस्था भएको छ ।
यस्तो अवस्थालाई तुरुन्तै व्यवस्थित गर्नु आवश्यक छ । अरु जो कामयावी केन्द्रिय सदस्यहरु छन् । जो काममा जुटेका छन ।
उनिहरु आफुले मान पनि खोजेनन्, सम्मान पनि खोजेनन् । उनिहरुलाई अहिले ठुलो चिन्ता भएको छ । आफुले काम नपाएकोमा माताहातमा कुनै कमिटि नबनेकोमा तर नाम मात्रै खोज्ने केन्द्रिय सदस्यहरूलाई स्वाद नै परेको छ ।
आफु केन्द्रिय सदस्य हुन पाइएको छ । तर काम गर्ने सदस्यहरुलाई अहिले मुस्किल भएको छ । काम गर्न पनि जिम्मा पाइएको छैन ।
नगर्दा पनि सबै तिर बिग्रदो छ । राजनितिक बारी बाझो भएर घास पलाउँदो छ । भोली बाझो पल्टाउँन नसकिने अवस्था बनेको छ ।
यस्तो अवस्था छ राजनितिक मैदानको । केन्द्रिय कमिटि बन्यो । स्थाइ कमिटि बन्यो । स्थाइ कमिटि ठुलो भयो । बैठक बस्न गाह्रो भयो भन्दै सचिवालय बनाइयो ।
त्यसमा पनि पार्टि एकिकरणको काम मिलाउँन गाह्रो भयो भन्दै एकिकरणको सम्पुर्ण काम मिलाउँने जिम्मा दुइटा अध्ययक्षलाई दिइयो ।
अब यि दुइटा अध्ययक्षले गृह कार्य गरेर प्रदेश इन्चार्ज सह इन्चार्ज प्रदेश अध्ययक्ष र सचिव बनाइ सचिवालयमै निर्णय गराएर घोषणा गरे ।
त घोषाणा गरेको कुरा भुइमै खस्नैइ नपाई हिजो आफैले दुइटा अध्यक्षलाई दिएको जिम्मा चित बुझेन भनेर सचिवालयकै सदश्यले साढे गोरुले दाम्लो चुडाए जस्तै सचिवालय सदश्यले अनुशासनको दाम्लो चुडाएर यो म मान्दीन भन्दै सडकमा बुरकुसि मार्न थाले ।
जो हिजो आफैले यो झनझटिलो काम भनेर दुइटा अध्यक्षलाई जिम्मा दिउँ भनेर निर्णय गरेका थिए ।
आज यसरि बुरुक्क गर्नु कतिको जिम्मेबारी पुर्ण काम हो ? अब दुइटा अध्ययक्ष , सचिवालय र अहिले बनेको स्थाई कमिटिले गर्नु पर्ने काम के थियो भने पार्टि एकिकरण सकिने बित्तिकै प्रदेश कमिटि बनाइ दिनु पर्ने थियो ।
आखिरी तुरुन्त प्रदेश बनाउँदा पनि ति नै मान्छे हुन ६ महिना पछि प्रदेश बनाउँदा पनि ति नै मान्छे हुन । अरु कतै बाट नयाँ मानिस आउँने बाला थिएनन् ।
एकआध साथिहरु छुटेको भए भोली सामेल गर्दा भै हाल्थ्यो । त्यस्तै एक आध जना बेसि भएर के नै हुन्थ्यो र ? काम नै नगरे पनि कार्यक्रममा अथिति हुन्थ्ये एउटा बिल्ला लगाउँथे बस्थे ।
केन्द्रिय कमिटिले खान दिनु परेको थिएन लाउँन दिनु परेको थिएन । काम गरे जनताले सम्मान गर्थे नगरे जनता हास्ने थिए ।
केनै बिग्रने थियो र ? केन्द्रिय कमिटिले पहिले प्वाल सानो बनाउँन खोज्यो । पछि भुवाङ बनायो । अब केन्द्रिय कमिटिले प्रदेश कमिटि बनाएर प्रदेश कमिटिलाई जिल्ला कमिटि बनाउँने जिम्मा दिनु पर्ने थियो ।
त्यो प्रदेश कमिटिले कसरि तलका कमिटि कसरि काम काजि बन्छन् ।
त्यसको राम्रो मुल्याङकन गरेर जिल्ला कमिटि बनाउनू थियो । त्यसो हुदा कुनै केन्द्रिय नेताहरुले मेरो मानिस परेन तेरो धेरै मानिस राखिस भनेर किटकिट गरेर खेल्न पाँउने थिएन ।
जति समय लामो हुदै गयो । त्यति नै अमुख अमुख नेताहरु एउटाले तलको एउटा मान्छेलाई मरेको बिरालो काखमा च्यापे जस्तै च्यापेको छ ।
यसलाई नराखे म देखाइदिन्छु यसलाई नराखे म देखाइदिन्छु भनेर भित्र भित्रै गुटबन्दि गरेर बसेको छ ।
अर्कोले त्यसै गरेको छ । यसो भए पछि पार्टि बन्ने होइन गुट बन्दै जान्छ । तर तुरुन्तै प्रदेश कमिटि बनाइ दिएर तलका कमिटि बनाईदिएर उसैलाई जिम्मा दिएको भए कसैले मेरो र तेरो मानिस भन्न नै पाउँने थिएनन् ।
जिल्ला कमिटिले तलका कमिटि बनाउँने थियो । जिल्ला कमिटिका सदश्यहरुलाई तलका मान्छेहरु कसले कति काम गर्छन ।
भन्ने कुरा थाहा हुने भएकोले तलका कमिटिहरु कामयावी बन्ने थिए । अहिले सम्ममा थुप्रै काम भै सक्ने थियो । एकिकरणको बेलामा अलि-अलि कहि कतै असन्तुष्टि बाकि भएको भए आज सम्ममा मिलि सक्ने थियो ।
कहि कतै खाल्टा खुल्टी परेको भएको भए पनि त्यो पनि पुरि सक्ने थियो । अहिले पार्टि कमिटि नभए पछि पार्टि कार्यकर्ता विस्कुन सुकाए जस्तै भएका छन् ।
सुकाएको विस्कुन रुङने मानिस नभए पछि भगेराहरु पनि त्यहि बसेर खान्छन् , परेवा पनि त्यहि बसेर खान्छ , ढुकुर पनि त्यहि खान आइ पुगे जस्तै अथवा फलाममा खिया लागे जस्तै पार्टिका कार्यकर्ताको विस्कुन भएको छ ।
त्यसमा रुङने कमिटि नभएपछि ।
अहिले नेपाल कम्युनिष्ट पार्टिको यति ठुलो जिम्मेवारी छ माताहातका थुप्रै कामहरु छन् । गाउँपालिका ,नगरपालिका, उपनगरपालीका र महाँनगरपालीकामा पार्टिले पठाएका जनप्रतिनिधिहरु कसैको नियन्त्रणमा छैनन् ।
नियन्त्रन गर्ने कुनै पार्टिको समयन्त्र छैन । त्यँहा पार्टिको तर्फबाट यो गर वा त्यो गर भनिरहदा त्यो नितान्त व्यक्तिको निर्देशण हुन पुगेको छ ।
त्यँहा जसले निर्देशन गर्दछ । तिनीहरु कसैले निर्देशन गर्दा विवेक पुर्याएर निर्देशण गर्छन र कसैले आफनो स्वार्थमा केन्द्रमा राखेर नितान्त व्याक्तिलाई निर्देशन गर्छन् ।
कमिटि नहुदा यस्ता निर्देशनहरुले धेरै ठाँउ काम बिगारेका छन् । यदि कमिटि भएको भए । कामको प्रतिफल राम्रो हुँदा जस कमिटिले पाउँने थियो ।
नराम्रो भए त्यसको अफजस पनि कमिटिले लिनु पर्ने थियो र त्यसलाई सच्चाउुन तिर लाग्ने थियो ।
तर यति बेला जसले निर्देशन गरेको छ । राम्रो भए जस उसैले मात्र लिने नराम्रो भए म एक्लैले के गरु मैले जे जाने अरुले मलाई सघाएनन् भनेर पन्सीने गरेका छन् ।
बाहिरबाट पनि त्यसले गरेको भनेर धारे हात पार्ने गरेका छन् । अहिले यस्तै भएको छ । अहिले यति बेला न प्रदेश सरकारलाई कुनै कमिटिले निर्देशन गर्छ । न कसैले यो भएन यसो गर्नुस नै भन्छन् ।
न नियन्त्रण छ न सन्तुलन कायम छ । अब नेपाल कम्युनिष्ट पार्टिले चलाउँनु पर्ने ३ तहका सरकार कसरी चल्दै छन् । त्यसका बारेमा पार्टिलाई जानकारी पनि छैन ।
यति बेला यसरी छाडा छोडी दियो अनि भोली यसो गरिस त्यसो गरिस भनेर अघाउँने गरि गालि गर्यो । यो बिगारिस भन्यो बिर्गिएको बिल्ला उसलाई भिराई दियो ।
यसैलाई भन्छन हगि सको दैलो देख्यो । त्यसो भए अब नेपाल कम्युनिष्ट पार्टिले गर्नुपर्ने काम चाहि के के हो ? त्यसलाई कसरि पुरा गर्ने ।
नेपाल कम्युनिष्ट पार्टिको पहिलो काम भनेको तुरुन्त प्रदेश देखि वार्ड सम्मका कमिटिलाई एकिकरण गरि व्यवस्थित गनर्’ पहिलो काम हो ।
त्यस पछि ति सबै कमिटिहरुलाई वैचारिक रुपले सक्षम बनाउँनु आवश्यकता अनुसार प्रशिक्षण दिनु कमिटिहरु यति बेला छैनन् ।
तिनलाई बनाएर आफनो क्षमता प्रर्दशनका लागि उत्साहित गर्नु ति सबै कमिटिलाई साच्चै कमिटि हिसाबले परिचालन गर्ने गरि व्यवस्था गर्नु र स्थानिय निकायलाई तिनका माताहात परिचालन गराउँनु ।
दोस्रो तिनै तहको सरकारमा पार्टिको पुर्ण नियन्त्रण कायम गरेर पार्टिको निर्देशण अन’सार सरकारले विकासको कामलाई अगाडि बढाउँनु पर्छ ।
अहिले प्रत्येक सरकारी कार्यलयमा हुने भष्टूचारलाई नियन्त्रण गर्नलाई पार्टिका सम्पुर्ण कमिटिलाई परिचालन गरि प्रत्येक सरकारी अडडामा बसेर त्यँहाको गतिविधिलाई सुक्ष्म निगरानी गर्दे त्यँहा गरिनु पर्ने जनताका कामहरु छिटो छरिटो र नियम अनुसार गर्न लगाउँनु पर्छ ।
यसो गरियो भने मात्रै सरकारको भष्टचारको अन्त पुरा गर्ने लक्ष्य पुरा गर्न सकिन्छ । अहिले जस्तो सरकारले काम गरेको छ तर सरकारका पार्टिका नेता कार्यकर्ता प्रतिपक्षले भन्दा सडकमा उभिएर चर्को चर्को स्वरमा सरकारलाई धारे हात पारेर सरापेका छन् ।
यसरी अनुशासन हिनताको परकाष्टमा पुरेका छन । गर्नु पर्ने थियो । सरकारको कामको दायित्व आफुले लिएर सरकारले गल्ती गरेको भए ।
पार्टि कमिटिमा बसेर अब यसो गर्नु पर्छ भनि निर्देशन गर्दे सरकारलाई नियन्त्रणमा राख्नु पर्ने थियो ।
तर आफै सरकारको उछितो काडदै , सरकारलाई आफै खुल्याउँदै प्रतिपक्षले भन्दा कडा रुपमा प्रस्तुत हुने गरेका पार्टि पङतिका यी साथिहरुलाई तुरुन्त रोकेर विधि सम्मत कुरा उठाउँन र सरकार सञ्चालनका लागि कमिटि पद्दतिलाई व्यवस्थित गर्नु पर्छ ।
अर्को र अन्तिम विषय भनेको अब नेकपाले आफना माताहातका सम्प्रर्ण कमिटि कार्यकर्ता पार्टि सदश्य सबैलाई देश निर्माणको काममा लगाउँनु पर्छ ।
हिजो संयुक्त पार्टिको घोषणा पत्रमा सुखि नेपाली संमृद्ध नेपाल भनेर जनतासँग भोट मागेको छ र जनतालाई ठुलो विश्वास दिलाएको छ ।
त्यो पुरा गर्ने जिम्मा अब सरकारको मात्र होइन । नेपाल कम्युनिष्ट पार्टिको पनि हो ।
त्यसको लागि अब नेपाल कम्युनिष्ट पार्टिले पहिले संमृद्धिको मोडल कस्तो हुने । पहिलो चरणमा के के विषयमा संमृद्धि हासिल गर्ने त्यसको योजना बनाउँनु पर्छ ।
कम्तिमा दुई वर्षे योजना त्यस पछि अरु दुई वर्षे योजना त्यसपछि पुर्ण निर्वाचनको तयारी त्यसपछि ५ वर्षे योजना बनाई ति सबैको प्राथमिकता निर्धारण गरि देश व्यापी रुपमा सम्पुर्ण कार्यकर्तालाई परिचालन गर्नु पर्छ ।
आफुले बनाएको घोषणा पत्र आफैले पुरा गर्नु नेपाल कम्युनिष्ट पार्टिको पहिलो दायित्व हो ।
त्यसलाई तल माथि गर्न आफनै खुट्टामा बन्चरो हान्नु जस्तै हुन्छ । त्यसो हुँदा यो काममा नेपाल कम्युनिष्ट पार्टिले आजै देखि जुट्नु पर्छ