दमक/झापाको कमल गाउपालिका स्थित ऐतिहासिक स्थल समयगढमा समयगढ चिनाउने पहिचान नै हराएर गएको छ ।
हाल कमल गाउपालिका २ स्थित समयगढमा समयगढ जनाउने केही पनि ऐतिहासिक वस्तु हाल नभएको स्थानिय बासिन्दा राजन ढुङ्गानाले बताए ।
भएका सबै ऐतिहासिक स्थानका सार्वजनिक जग्गा समेत अतिक्रमण भइसकेका छन् । अहिले कुनै पनि यस्तो ऐतिहासिक क्षेत्र चिनाउने पहिचान खुल्ने केही पनि नरहेको उनले बताए ।
धेरै पहिला यो क्षेत्रमा पुर्वी तराईको लपोउन्मुख सन्थाल जातीको बाहुल्य रहेको यस क्षेत्रमा यो जाती यहाबाट हटेपछि नै यहाको पहिचान समेत सकिएको हो ।
पुरानो सन्थाल जाती यहाबाट लोप भएर गए । यहा नयाँ पछि पहाडी मुलका समुदायको बसोबास बढ्दै गयो ।
पछिल्लो समय आउने मानिसलाई यहाको ऐतिहासिकका बिषयमा केही थाहा भएन । यस कारण समयगढको पहिचान हराएर गएको स्थानीय बिष्णु प्रसाद अधिकारी बताउछन् ।
कसरी रह्यो समयगढको नाम ? खासगरि यो स्थानको नाम कसरी सयमगढ रर्यो भन्ने विषयमा बिभिन्न उक्तीहरु रहेको छन् ।
यसमा सबैभन्दा प्रचलित उक्ती भनेको पौराणिक कालमा विराट राजा (हालको बिराटनगर) बाट झापाको किचकवधमा नाटक हेर्न जाँदा यही बाटो भएर जाने गरेका थिए ।
यसरी नाटक हेर्न जाने क्रममा समयगढमा पुग्दा किचकवध पुग्ने बाटो ठिक आधा हुने गरेको किम्वदन्ती रहेको छ ।
बिराट राजाले यहा आइपुग्दा आधाबाटो हुने भएकाले यस स्थानलाई समयको सुचकको रुपमा ‘समयको गढ’ भएकाले समयगढ भन्ने गरिएको हो भन्ने पौराणिक कथन रहेको छ ।
बिराट राजाले आफ्नो सुरक्षाका लागि खटिने आफुसँगै हिडेका सेनालाई यस क्षेत्रमा आएपछि आधाबाटो भयो भनेर आराम गर्न हातहतियार राख्न निर्देशन दिने गरेका थिए ।
सरी आराम गर्दा सेनाले रुखको गाछीमा तोप हतियार राखेर आराम गर्ने गरेका थिए ।
पछि तोपराख्ने गाछी भएकाले यहा रहेको रुखलाई तोपगाछी भन्न थालियो यही नाम बाछ साबिक तोगाछी गाविसको नाम समेत नामाकरण भएको भन्ने पौराणिक कहानी रहेको छ ।
हाल यो तोप राखिएको गाछी समेत अस्तित्वमा छैन भने सयमगढ धार्मिक स्थल समेत अतिक्रमण भएर पहिचान ग’माएको छ ।
यसकालागि न त कमल गाउपालिका सँग कुनै योजना नै छ न त यसको ऐतिहासिकताको नै खोजी भएको छ ।
सरकारले बिज्ञहरुको टोलीबाट अनुसन्धान गरि राष्टिूय स्थतरबाट नै खोजी अन’सन्धान हुन आवश्यक रहेको स्थानीय बासिन्दाको माग छ ।
यस्ता धार्मिक स्थलको अध्यान गरि संरक्षण गर्न सकेमा यस क्षेत्रको धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिने सम्भावना रहेको छ ।
यता बिराट राज्य र किचकबधको नाम आइरहदा बिराट राजासँगै जोडिएको समयगढ भने पहिचान गुमाएर अतिक्रमणको चपेटामा परेको छ ।