धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा वीपी दासले प्रतिष्ठानमा अध्ययन गर्न आउने विद्यार्थीसँग प्रतिष्ठानमा नाम अध्ययनका लागि नाम निकाल्ने भन्दै अतिरिक्त शुल्क पनि माग्ने गरेको तथ्य खुलेको छ ।  प्रतिष्ठानका प्राध्यापक दासले प्रतिष्ठानमा भर्ना हुन चाहाने विद्यार्थीसँग प्रतिष्ठानमा बुझाउनु पर्ने शुल्क ५० हजार अमेरिकी डलर(५५ लाख रुपैया) बाहेक अतिरिक्त शुल्कका लागि वार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको छ । उनले केही दिन अघि पिजी कोटाका विद्यार्थीका लागि भारतीय विद्यार्थीहरुसँग विपी प्रतिष्ठानमा अध्ययनका लागि दुई चार लाखको पैसाका लागि मतलभ गर्नु हुन्न भन्दै विद्यार्थीलाई नाम निकाल्दिने बताएको अडियो सार्वजनिक भएको थियो । अडियो रेकर्डमा उनले चार विद्यार्थीलागी २० जना बिद्यार्थीको ब्यवस्था गर्ने भनेका छन् । विचौलियालाई पनि दिनु पर्छ भनेर अडियोमा ती विद्यार्थीहरुलाई बताएका छन् । उक्त अडियोमा प्राडा दास बोलेको प्रस्त सुनिन्छ तर अर्को पक्षको भने आवाज प्रष्ट छैन् । यस विषयमा प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले आफुलाई पनि जानकारी आएको बताउदै यस विषयमा प्रतिष्ठानमा छलफल हुने बताए । यता प्राडा दासले भने आफुलाई फसाउन षड्यन्त्र गरिएको बताएका छन् । अडियोको बारेमा एउटा प्राध्यापकको नाताले विद्यार्थीहरुलाई फिको बारेमा जानकारी दिएको बताएका छन् ।