वराहक्षेत्र/तिहार पछीको नेपालीहरुको साझा आस्थाको महान छठ पर्व आईतवारबाट शुरु भएको छ ।

सम्पूर्ण नेपालीले मनाउने साझा पर्वको प्रतिकको रुपमा लोकप्रिय हुूदै आएकाे छठ पर्व यस वर्ष पनि हर्ष उमंग र उत्साहका साथ वराहक्षेत्र नगरपालिकामा पनि भव्यताका साथ मनाईदै छ ।

अहिले नगरपालिकाको चतराको सप्तकोशी नदी र चतरा नहर ,चक्रघट्टी महेन्द्रनगरको झंझरपुर,वागझोडा,राजावास,बबनी खोला,यसैगरी वांगे बजारको नहर,३२ आरडी ,कालाबन्जर सुनसरी खोला धनपुरी नहर,रामधुनी भासीको मानपुर ईकराई लगायत स्थानको नहरको सजिसजाउ गरी सिंगारिएका छन् ।

यस्तै चतराधाम स्थित सप्तकोशी नदी किनारको दुर्वासा घाटमा मनाईने पर्वकाे लागि छठ पुजा समिति वराहक्षेत्रले प्रवेश द्वार बनाउनु साथै पुजा गरिने छठ घाटमा विद्युत जडान यसैगरी पुजा स्थलको सरसफाई तथा छठ घाट निर्माण कार्य गरिएको छठ महापर्व समिति वराहक्षेत्रका अध्यक्ष केदार साहले बताएका छन् ।

चार दिनसम्म पानी समेत नखाई निराहार बसी मनाईने यस पर्वको पहिलो दिन स्थानिय भाषामा नहायखाय अर्थात नुहाएर शुद्ध पवित्र भई लौका तथा चनाको सब्जी भएको विशुद्ध शाकाहारी भोजन खाएर दिनभरी उपवास बसिन्छ ।

पर्वको दोश्रो दिन आज खरना मा व्रतालुहरु दिनभरी उपवास बसी सांझ पख पुजा कोठामा नँया बस्त्र लगाएर सम्भव भए बर्तालुले आफैले नसक्ने भए नुहाएर पवित्र भएको परिवारको अन्य सदस्यले पकाएको खीर पुरी, लाई पान सुपारी, फलफुल धूप अगरत्तीले केराको पातमा राखी पुजा गर्ने गर्दछन् ।

पुजा पश्चात वर्तालुले प्रसाद ग्रहण गर्ने तथा परिवारमा वितरण गर्ने गरिन्छ ।

कठिन मानिएको छठ पर्वको पवित्रता बनाई राख्न वर्तालु परिवारले कार्तिक महिना शुरु भएपछि महिना दिन सम्म लहशुन,प्याज तथा मासांहार रहित शुद्ध पवित्र शाकाहार भोजन गर्ने गरिन्छ ।

छठको तेश्रो दिन भोली मंगलवार सांझ, गहुूको पिठोबाट बनाइएको ठेकुवा, केरा, अदुवाको विरुवा, मुला पानी सिंहडा,उखुको वोट, नरिवल, भोगटे, वोडी केराको घरी लगायतका फलफुल तथा तराकारी लाई बाूसको कोनीयामा सजाई बाूसकै ढकियामा राखी विधि विधानका साथ छठ घाटमा लगिन्छ ।

पुजा सामाग्री लँई छठ घाटमा फिंजाइन्छ त्सपछि घाम डुब्नु केही समय अगाडि, बाँसको कोनिया लँई वर्तालुका साथमा राख्दै सहयोगीका माध्यमले पालैपालो पानीमा डुवाई सुर्य लँई अर्घ दिईन्छ । यसलाई सांझको अर्घ भनिन्छ ।

अस्ताउदाेँ सुर्यलाई सांझको अर्घ पछि वर्तालु र तथा श्रद्धालु छठ घाटमा रातभर भजन किर्तन गर्दै जाग्रम बस्ने छन् । राती जाग्रम बस्नेलाई स्थानिय नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले सुरक्षा दिने गरेका छन् ।

पर्वको चौथो अन्तिम दिन पुनः यही प्रकृया दोहर्याउदै उदाउँदो सुर्यलँई भोरको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ ।

परम्परा अनुसार बाँसकाे कोनिया परिवारमा भएको सन्तानको संख्या अनुसार नै हुनुपर्दछ । कुनै कारण वस पर्व छुटेमा अर्को वर्ष सबै कुरा दोब्बर राखेर पुजा गर्नु पर्दछ ।

विश्वलाई उर्जा तथा जिवन दिने सुर्यको उपासना गर्दै तराई वासीले मनाउँने पर्वको रुपमा चिनिएको छठ सबैको साझा बन्दै गएको छ ,छठ लाई हर्षोल्लासका सानो ठूलोको भेद भुलेर एक साथ सबै समुदाय मिलेर एक स्थानमा सुर्यको आराधना गर्ने गरिन्छ ।

संस्कृत भाषाको षष्ठीबाट अपभ्रंस हुूदै बनेको छठ, सम्पूर्ण जिव जन्तु लगायत मानव जगतलाई जिवन दिने सुर्य उपासनाको पर्व भएको हुूदा सुर्यको नारी स्वरुप छठ परमेश्वरीको यस पर्वमा जात जाती भाषा, धर्म, संस्कृति तथा समुदाय भन्दा माथि उठेर परिवार तथा चराचर विश्वको सुख शान्ति, समृद्धी, उन्नती तथा प्रेमको कामना गर्ने गरिन्छ ।

छठ पर्वको समापनमा वराहक्षेत्र वासी तथा सर्वसाधारण श्रद्धालुलाई यस वर्ष पनि अघिल्लो वर्ष झैं छठ प्रसाद वितरण गर्ने कार्यक्रम रहेको छ ,

भने छठ पूजाको लागि वराहक्षेत्र नगरपालिकाले १५ र वडा नम्बर १ ले १० हजार रुपैंया सहयोग गरेको छठ महापर्व समिति वराहक्षेत्रका अध्यक्ष केदार साहले बताएका छन् ।

छठ महापर्वको समापन भोली बुधबार हुँदैछ ।