वि.सं. २०७५ साल कात्तिक २७ गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर १३ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– षष्ठी, २६:५८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको कमजोरी सार्वजनिक हुनाले प्रतिष्ठामा केही बाधा पर्न सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूका काममा केही समय बित्नेछ तापनि मिहिनेत गर्दा चिताएको काम बनाउन सकिनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा अवश्य हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो व्यवसायमा धनलाभ हुनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। आस मारेको नतिजा समेत सकारात्मक हुने देखिन्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अग्रजहरूको सहयोग प्राप्त हुनाले धेरै काम सम्पादन हुनेछन्। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द नजिकका साथीभाइ टाढिन सक्छन्। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।