ताप्लेजुङ/तिहार मान्न माईत आईकी बहिनी र बहिनीकी छोरीहरुलाई आफ्नै दाईले खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ स्थित चेकपोईन्ट छेउ ढाँडधाराका ३० वर्षिय विवस मगरले मंगलबार विहान आफ्नै बहिनी र भान्जिहरुलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएका हुन् ।

विहान ५ बजेतिरको समयमा २६ वर्षीय रेनुका मगर भुजेल र उन्की छोरी ८ वर्षीया कृष्टीना भुजेल र ६ वर्षिया ओरीना भुजेललाई विवशले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी काशीनाथ रेग्मीले बताए ।

घाईतेहरुको टाउकोमा गम्भिर चोट लागेको सुचना अधिकारी रेग्मीले जानकारी दिए । घाईतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भैरहेको छ । घाईतेहरुलाई थप उपचारका लागि जिल्ला बाहिर लैजाने तयारी भैरहेको बताए ।

खुकुरी प्रहार गर्ने विवश समेत घाईते भएका छन् । उनकाे समेत पेटमा गम्भिर चोट लागेको बताईएको छ । घटनाको विषयमा थप अनुशन्धान भैरहेको प्रहरीले बताएकाछन् ।