भर्खरै कात्तिक २० गते मात्र मेडिसिटि अस्पताल काठमाडाैँले दशौं लाखमा १–२ जनालाई हुने यो खतरनाक रोग चाहिने जति रगत नबनेर हुने रक्तअल्पताका कारण ६३ वर्षीय बिरामी पूर्वशिक्षक अधिवक्ता ज्ञानेन्द्रबहादुर थापा इटहरी–६ को दुखद् निधन भएको घोषणा गरेको छ ।
असमयमै भएको यस घटनाले परिवारमा अपूरणीय क्षति भएको छ भने हामीलाई चिन्ति तुल्यायो र यो बारे केही जानकारी दिनु उचित लाग्यो ताकि अनाहकमा कसैको ज्यान नजाओस्, यद्यपि म चिकित्सक होइन । स्मरणीय गम्भीर कुरा निजले ८–१० वर्षअघिदेखि रगत सफा हुन्छ भन्ने बिस्वासमा शीलाजित (सायद् त्यो नक्कली थियो कि?) सेवन गर्दै आउनु भएको थियो ।
के हो एप्लास्टिक्एनेमिआ ? हड्डिको रातोमासी रगत बनाउने स्टेमसेलहरु खत्तम भएर परिपक्व रगतका कणहरू बनाउन छोड्छ र रातो, सेतो र प्लेटलेट्सको कमी हुन्छ । साधारण तया यो रोग ३० वर्षभन्दा मुनिकालाई बढी हुने भए पनि बुढो उमेरमा पनि पाइएको छ ।
यो रोग १५ प्रतिशत बंशाणुगत भए पनि सर्ने खालको चाहिँ होइन ।
कारण के हो त ? खास गरेर बच्चाहरूमा १५–२० प्रतिशतसम्म जन्मिदै भएको हुन पनि सक्छ । ८०–८५ प्रतिशत जतिअन्य कारणले हुन सक्छ । बेन्जिन केमिकल अथवा किटनाशक औषधिको जथाभाबी प्रयोग, बिकीरण, क्लोरोम्फेनिकल, सुन र आर्सेनिक युक्त औषधि, फिनयाल्ब्युटाजोन,हेपाटैटिस्भाइरसेस, इप्सेनबारभाइरसेस्रमैको ब्याक्टेरिया आदि ।
स्टेम्सेलले स्वभाविक रूपले काम गर्न नसक्नु र बनिसकेका रगतका कणहरू परिपक्व हुन नदिँदा १८–२० वर्षे उमेरमा हो भने स्टेम्सेल फेरेर मात्र यसलाई निको पार्न सकिन्छ । बढिसकेको अप्लास्टिक्एनेमिआमा २५५ बोनम्यारो सेल्लुलारिटि, अब्सोलुट्न्युट्रोफिल्काउन्ट र ५०० लि., प्लेट्लेट्काउन्ट २०,००० लि., रेटिकुलोसएट ६०,००० लि. देखिन्छ ।
लक्षणः ज्वरो आउने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास छिटोछिटो फेर्ने, नाकबाट रगत बग्ने, शरीरमा नीलोकालो धब्बा बस्ने, थकित हुने , छाति दुख्ने हुन्छ, गिजाबाट रगत बग्ने, दिसापिसाबमा रगत देखिने, फियो र कलेजो सुनिने, ओसिलो, रातो रसुनिएको मुख भित्र सेता थोप्लाहरू देखिने आदि लक्षणहरू देखिन्छ ।
जटिल अबस्थाः काटेको ठाउँबाट रगत नरोकिने, धेरै सङ्क्रमण भइरहने, नयाँ क्यान्सर हुने सम्भावना, हड्डिमा रगत काटिएर काम नलाग्ने हुन्छ र मुटु फेल हुने ।
रोकथामः असर गर्ने माथि उल्लेखि गरिएका केमिकलहरूबाट टाढा रहने ।
उपचार : ३० वर्ष मुनिकालाई आफ्नै दाजुभाइ वा दिदीबहिनीको बोनम्यारो प्रत्यारोपण गरेर, सुरू अवस्थामा रगत फेरेर, यदि शरीरको प्रतिरोधात्मक कारणले लागेको भए त्यसलाई कमजोर बनाउने थेरापी प्रयोग गरेर पनि उपचार हुन्छ ।
तर आयुवेर्दिक औषधि पनि डाक्टरको सल्लाह बिना नै प्रयोग गर्न थालेमा स्थिति झन बिग्रन सक्छ । यसलाई जति सक्दो छिटो अनुभवी फिजिसियनलाई देखाइ हाल्नु राम्रो हुन्छ ।
(लेखक हात्तिसार क्याम्पस धरानका सह–प्राध्यापक हुन् ।)