इटहरी / सधैं झै बिहान सात वजे नै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सिटि रिक्सा चढेर घरदैलो अभियानमा लाग्छन् । आज इटहरी २ तर्फ लागे । २ नम्वर वडाका कालोपत्रे हुन बाँकी प्रायः सबै बाटोको अवलोकन पछि स्थानीयलाई तीन वर्षभित्रमा कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाए । घर पर्कन लाग्दा देउराली चौकस्थित एउटा घरमा भेटघाटको कार्यक्रम थियो ।
मानबहादुर भुजेलसँग भेट भयो । भुजेलको छेवैमा वसेर मेयर चौधरीले कुराकानी गरे । कुराकानीकै क्रममा भुजेलले आफनो योग्यता र क्षमताले भ्याउने र गर्नसक्ने जागिर मिलाइदिन अनुरोध गरे । मेयर चौधरीले तत्काल भने “लु कागजपत्र लिएर नगरपालिका आउनुहोस, तपाईको जागिर पक्का भयो ।” कम्मरदेखि तल दुवै खुट्टा नचल्ने अपाँङ्गता भएका मानबहादुरको अनुहारमा दौडिएको खुशी हेर्न लायक देखिन्थ्यो । मेयर साव’को यो आश्वासनले उनको चाउरी परेको अनुहार उज्यालो भयो ।
को हुन मानवहादुर भुजेल इटहरी २ का मानबहादुर भुजेल जनता क्यामपस इटहरीमा वीए तेश्रो वर्षमा अध्यनरत अपाङ्गता भएका छात्र हुन । मानबहादुरको दुवै खुट्टा चल्दैन । हिृवलचेयरको सहायताले हिडडुल गर्नुपर्छ । दुई दाजु र पाँच दिदीका कान्छा भाई मानबहादुरका वुवा ८० र आमा ७५ वर्षका छन् । २०५० सालमा जन्मेका मानबहादुरको डेढ बर्षकै उमेरमा पोलियो लागेर दुवै खुट्टा नचल्ने भए । मानबहादुरमा सानैदेखि पढलेख गर्ने रहर थियो । तर स्कुल टाढा टाढा मात्र थिए । गाँउको दुवै तिर खोलामा पुल थिएनन । स्कुल जान सकेनन् । तर पढने रहर भने कहिल्यै हटेन । १९ बर्षको उमेरमा पहिलो पटक स्कुल जान थाले । त्यो भन्दा अघि १५ महिना अनौपचारिक वाल शिक्षा पढेका थिए । छ कक्षामा भर्ना भएका मानबहादुरले धेरै दुःख गरेर वीएसम्म अध्ययन गरेका छन् ।
स्कुल क्यामपसमा कहिल्यै पनि शौचालय जान पाएनन मानबहादुरले स्कुले जीवनमा कहिल्यै पनि शौचालय जान पाएनन । कलेज पढ्दा पनि दिशा पिसाव आउला आउला जस्तो भयो कि खुरुक्क कक्षावाट निस्किएर घर तिर धाउनु पर्ने वाध्यता रहयो । स्कुल कलेजका शौचालय अपांगमैत्री नभएका कारण उनले शौचालयमा शौच गर्न नपाएका हुन । दिशापिसाव आए पछि उनी घर फर्कन्थ्ये । उनी जहाँ भए पनि त्यस समयमा घर आउनु पर्दथ्यो । “शौच सम्म गर्न नपाउदा निक्कै तनाव हुन्छ तर के गर्नु ? हाम्रो संरचनाहरुनै यस्तै छन” पीडा मिश्रित भावमा उनले बोले ।
जीन्दगीमा केहि गरेर देखाँउने हिम्मत वढयो इटहरी नगर सरकार प्रमुख द्वारिकलाल चौधरीले जागिर दिने वताए पछि मानबहादुर निक्कै खुशि भए । अव आत्मनिर्भर वन्न सक्छु भन्ने हौशला जागेको मानबहादुरले प्रतिक्रिया छ । ‘अपांगता भएकाहरुले पनि अवसर पाए भने केहि गरेर देखाउन सक्छन । म पनि गर्न सक्छु भन्ने दृढ संकल्प छ ।’–उनले भने–‘अरुको खेतिपाति गरेर मलाई वुवाआमाले पढाउनुभयो । म पनि मुढामाथि चढेर साइकलमा वुरुक्क उफ्रिएर अर्काले साइकलमा पुरयाइदिएको भरमा असाध्यै कष्ट सहेर स्कुुल गएँ । पढन त पढदै छु ,जागिर चाँहि कसरी पाइएला भन्ने चिन्ता थियो । मेयर सावले घरमै आएर उपमहानगरमा जागिर मिलाइदिने वताएपछि जिन्दगीमा केहि गर्न सक्छु भन्ने थप आत्मविश्वास पलाएको छ ।’
इटहरीमै जन्मे हुर्के म जन्मेको माटो समातेर भन्छु म इटहरीका लागि केहि गर्न चाहना भएको सुनाए । इटहरीलाई एक वित्ता उचाल्न योगदान दिन चाहन्छु । समाजले अपांगता भएकाहरुलाई हेर्ने दृश्टिकोण फरक छ । त्यो दृष्टिकोण परिवर्तन गर्न मैले केहि गरेर देखाउनुपर्ने नै छ त्यसका लागि मैले इटहरी उपमहानगमा जागिर पाएपछि धेरै सहज हुने छ ।’–उनी भन्छन् ।