विराटनगर/ मोरङको पूर्वी भेगको इट्टा उद्योगमा गाँजाको कारोबार हुने गरेको पाइएको छ ।
अधिकाँस उद्योगमा भारतबाट आएका कामदारहरूले बाहिरबाट खरिद गरि भित्र अवैध गाँजाको कारोबार हुने गरेको फेला परेको हो ।
मोरङको रङ्गेली ३ स्थित रङ्गेली नगरपालिको मेयर दिलिप बगडियाले संचालन गरेको आन्नद इट्टा उद्योग परिसर भित्र गाँजाको कारोबार गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । आनन्द ईटा उद्योगको इट्टा भट्टामा लेवर काम गर्ने भारत बंगाल कुसबिहार बस्ने ३० वर्षिय हेमन्त बर्मनले उद्योग परिसर भित्र गाँजाको कारोबारसमेत गर्ने गरेको बुझिएको हो ।
उद्योग परिसर भित्र क्यान्टिन समेत चलाउने गरेका उनले बाहिरबाट गोप्य रुपमा गाँजा माग गर्ने र भित्र काम गर्ने कामदारलाई बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्न माहिर रहेका हेमन्तले उद्योग भित्र रहेको क्यानटिनमा गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलको छ । करिब एक हजारको संख्यामा मजदुर रहेको उक्त उद्योगका धेरै पुरुष कामदारहरूलाई गाँजा भरेर पैसाँ लिदै चिलिमको हिसाबले विक्री गर्थे ।
इटा उद्योग भित्र गाँजाको कारोबार गर्ने गरेको इलका प्रहरी कार्यालय रङ्गेलीलाई गोप्य सूचना आएपछि छापा मार्दा प्रहरीले विक्री गर्ने रातो झोलामा प्याक गरी लुकाई राखेको लागु औषध गाँजा साढे दुई केजी सहित कारोबारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।
‘उद्योग भित्रको क्यान्टिनमा छापा मार्ने क्रममा गाजा फेला पर्यो,’ इप्रका रङगेलीका प्रमुख,’ कार्कीले भने, ‘बुझदै जाँदा पक्राउ परेका व्यक्तिले नेपाल र भारतबाट गाँजा मगाउने गरेको खुलेको छ ।’ पक्राउ परेका भारतीय नगरिकलाई लागूऔषध अन्तर्गत म्याद थप भई थप अनुसन्धान भईरहेको छ ।
यता उद्योग संचालक तथा मेयर बगडियाले प्रहरीले मजदुरलाई पक्राउ गरेपछि मात्र आफ्नो उद्योगमा गाँजा कारोबार भएको थाहा पाएको बताए । ‘मैले पनि प्रहरी पुगेपछि मात्र थाहा पाए,’ उनले भने, ‘गलत गर्ने जो कोहीलाई कानून अनुसार कारवाही हुनुपर्छ ।’ बगडीयाका अनुसार कात्तिकबाट सुरु नयाँ सिजनका लागि काम गर्न बर्मन केही दिनअघि मात्र आएको बताए ।
यस अघि श्रम कार्यालय विराटनगरले अनुगमनको क्रममा व्यापक रुपमा श्रम शोषण गरेको फेला परेको थियो । श्रम कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलको नेतृत्वमा गएको अनुगमनको टोलीले यस्तो फेला पारेको थियो ।
मजदुरको श्रम शोषण गरेको पाइएपछि उद्योगलाई तत्काल श्रम ऐन लागू गर्न दिर्नेशन समेत दिएको संन्जेलले बताए ।