धरान / धरान उपमहानगरपालिकाले कात्तिक शुल्क पूर्णीमाका दिन विदा दिने निर्णय गरेकाे छ । बराहक्षेत्र मेलाको अवसरमा विदा दिने निर्णय गरेको हाे । धरान उपमहानगरपालिकाले यही मंसिर ७ गते कात्तिक शुल्क पूर्णीमाका दिन बराहक्षेत्र मेला हुने भन्दै स्थानीय विदा दिने निर्णय गरेको जनाएको छ ।
उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै शुक्रबारका दिन उपमहानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय बिदा हुने जनाएको छ ।