वराहक्षेत्र/अहिले देशभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला वराहक्षेत्रकी एक महिला वर्षौदेखि पीडित छिन् ।
वराहक्षेत्र नगरपालिकाकी एक महिला कान नसुनेकै बहानामा श्रीमानले छाडे । डेढ दशक बितिसक्दा पनि श्रीमान फर्किएका छैनन् । उनीहरूबीच विहे दर्ता भएको छैन । जसले गर्दा छोरीहरूको नागरिकता नबन्लाकी भन्ने चिन्ता उनमा थपिएको छ ।
अहिले ठेला चलाएर जीवन गुर्जादै आएकी महिलालाई धनकुटा मुलघाट सापटिङ्गका मेहरमान श्रेष्टले २०५९ सालमा विहे गरे ।
तात्कालीन समयमा ललाइफकाइ बिहे गरे । तर, कान नसुन्ने भएको बाहानामै विहे गरेको दुई महिना नबित्दै बिचल्ली बनाइदिएको पीडितकी बहिनी बताउँछिन् । दुई महिनापछि भेनाजु मेहरमानले गर्भवती बनाएपछि माइती ल्याई भागेको उनले बताइन् ।
माइती ल्याएको रात ससुरालीमै बसेका उनी भोलीपल्ट पिसाब फेर्ने बाहाना गरेर भागेका मेहरमान हालसम्म नआएको पीडितकी बहिनी बताउँछिन् । केही समय नआएपछि भिनाजुको बारेमा बुझ्न धनकुटा पुग्दा सासु-ससुराले कान नसुन्ने बुहारी ल्याएर के गर्नु भन्दै उल्टो थर्काएर पठाएको उनी बताउँछिन् ।
समाजले कागज गरिदिएपछि केही समय घरमै बिताइन् । तर, उल्टो सासु-सुसराले विभिन्न बाहाना बनाउँदै पठाएको थियो ।
केही समयपछि छोरी जन्माइन् । छोरी नौ महिनाको भएपछि २०६१ सालमा एकपटक फेरी बाबुको जिम्मा लगाउँन भनेर स्थानिय गोरे भन्नले लाई साथ गरेर छोरी पठाईदियौं । ईन्डियाबाट फर्केको बाबु महेरमानलाई धरानमा भेट भएपछि छोरी उसूगै घर गई ।
तर घरमा सासुले के भनिन् के सिकाईन् उसले तर यो छोरी मेरो होईन् भनेर अस्वीकार गर्यो । त्यसपछि केही गर्न सकिएन् अनि के गर्नु दिदी लिएर घर फर्कियौ त्यसपछि त्यो बाउ भनाउूदो आएको होईन् । अहिले यसले फेरि अर्को विवाह गरेर धनकुटा मा नै बस्छ अरे , बहिनी भन्छिन् ।
स्कुलमा ठेलामा चटचटे बेचेर विहान बेलुकाको छाक टार्दै छिन् । ‘घरमा कमाउँने कोही छैन् हामी पांच दिदीभाई सांर्इली दिदीको त्यो हालत छ ,भएको छोरा मान्छेमा एउटा भाई छ ,त्यो पनि बिरामी नै भईरहन्छ । धेरै गाहे छ ।’ उनी भन्छिन् ।
हाल छोरी ११ मा पढ्दै छिन् । अहिले उनको नागरिकता बनाउन समस्या भएको छ । विवाह दर्ता नभएका कारण पनि उनको नागरिकता बन्ने सम्भावना न्यून छ ।
सेवक नेपाल दिएको ठेलाबाट दिदीले जीवन चलाउदै आएको उनी बताउछिन् । ‘पत्रपत्रिका रेडियो टिभीमा ठूला-ठूला महिलाको अधिकार को कुरा हुन्छ । खै त मेरी दिदीले न्याय पाएको ।’ बहिनी आक्रोश पोख्छिन् ।
महिला विरुद्धको कार्यक्रम गरेर महिलालाई नारामा मात्र सिमित गर्ने महिला अधिकारकर्मिहरुले समाजमा घट्ने यस्ता घटनाहरू तर्फ पनि ध्यान दिनुपर्ने हो की ?