विराटनगर /प्रहरीले एक साताको बिचमा विराटनगरबाट चारजना भरियासहित एकजना हतियारको कारोबार गर्नेलाई पक्राउ ग¥यो । विराटनगरको छुट्टा छुट्टै स्थानबाट भरियासहित २ थान पेस्तोल र लागूऔषधसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैलाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । हतियारको कारोबार गर्ने मुख्य मान्छेलाई पक्राउ गर्न र यसको संजाल पत्ता लगाउन औपचारीक रुपमा प्रहरीले पक्राउ परेकाको नाम गोप्यमा राखेर अनुसन्धन गरिरहेको छ ।
कसरी भित्राउछन् भित्रयाउँछन् पेस्तोल
खुल्ला सिमाको फाइदा उठाउँदै हतियारको कारोबार गर्ने गिरोहले नेपालमा पेस्तोल भित्राउने भरियालाई लठ हुने गरि लागूऔषध खुवाए पछि हतियार भित्राउने गरेको उनीहरूले प्रहरीलाई बयानको क्रममा भनेका छन् । ‘हतियार भित्राउने धन्दामा लागेका भरिया र कारोबारी हतियार ल्याउने दिन भारतमा चाँडै पुग्ने रहेछन्,’ एक अनुसन्धान अधिकारीले भने, ‘हतियार भित्राउने भरिया प्राय लागूऔषध प्रयोगकर्ता हुने गरिएको देखियो । लागूऔषधले लठ भएपछि आट र डर हटने भएकाले हतियार बोक्ने धन्दामा लाग्दो रहेछन् । त्यसपछि उनको शरिरमा हतियार, नेपाल आएपछि आफुलाई खान र विक्री गर्ने उद्देश्यले लागूऔषधसमेत भिडाइदिने गरेको पाइयो ।’ शरीरभरी लागूऔषध, त्यसको बिचमा पेस्तोल र बाहिरबाट टेपले बाधेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले शनिबार दुई जना भरियालाई पक्राउ नै गरेको थियो । कारोबारीले उनीहरूलाई सम्बन्धित ठाउँमा हतियार पु¥याइदिए बापतप्रति व्यक्ति चार हजारदेखि ८ हजार रुपैयाँ पाउने गरेको प्रहरीको प्राराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । उनीहरुसँग आलुऔषध प्रयोग गर्न पैसा नभए पछि अरुले किनिदिदा खु्शी भएर काम गर्ने गरेको बयानमा खुलेको छ । ‘एक अभियुक्तले बयानमा भने–‘खानलाई पेसा हुदैन लत बस्यो । समान किने दिन्छन् । सक्दा खाना दिन्छन । त्यही भएर रिक्स मोलेर भए पनि गर्नु पर्छ ।’
यस्ता छन् पेस्तोल भित्राउने भरीया
प्रहरीले पक्राउ गरेका ४ मध्धे दुई भारतबाट नेपाल ल्याउने गिरोह हुन भने एक जना नेपाल ल्याएको हतियार सम्बन्धित व्यक्तिको घर पु¥याउन र १ जना हतियारको कारोबार गर्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) टोलीले शनिबार विराटनगरस्थित बसपार्कमा दुई युवकलाई पेटमा लागुऔषधसँगै पेस्तोल बाधेर ल्याउदै गरेको अवस्थामा पक्राउ ग¥यो । उनीहरूको पेटमा लागूऔषधसँगै पेस्तोल र गोली बाधेर ल्याएको भेटिएको थियो । पक्राउ पर्ने विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरी हुन् । उनीहरू नेपाल पेस्तोल ल्याउने भरिया रहेको खुलेको छ । उनीहरूले ल्याएको पेस्तोल लिन काठमाण्डौंबाट आएका रुपक राईलाईसमेत सोही दिन पक्राउ ग¥यो । पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, केही थान गोली र एक सय ८० पिस लागूऔषध बरामद भएको थियो । त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी र मोरङ प्रहरीले गत सोमबार विराटनगरबाट उदयपुरका मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र गोली सहित प्रहरीले पक्राउ गरेको थियो । तामाङ पक्राउ परेपछि हतियार बुझ्ने सुनसरीको खनारका सुशील साहलाई मंगलबार पक्राउ गरेको थियो ।
अवैध हतियार ओसारपसार र आयातका बारेमा धेरै कुरा खुल्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले बताए । ‘हतियार पक्राउ गर्न हामी अभियानको रुपमा लागि परेका छौं,’ एसपी बिसीले भने, ‘हतियार कारोबारीको मुख्य मान्छे पत्ता लगाउने काम भैरहेकाले अन्य व्यक्तिहरु पनि पक्राउ पर्ने सम्भावना छ ।’