काठमाडौं/ नेपालका २५० कम्पनीहरुका लागि एबीबी टेक्नोलोजीज डे को आयोजना गरिएको छ ।
उपभोगिय बस्तु, यातायात, तथा भौतिक पुर्वाधार जस्ता उद्योगमा एबीबीका बिशेषज्ञहरुले नवीतम प्रविधिका बारेमा प्रदर्शन गरे । नेपालले आफ्नो जडित उर्जा क्षमतालाई सन् २०२७ सम्मामा १५००० मेगावाट पुर्याउने लक्ष्य कायम गरेको छ ।
एबीबी टेक्नोलोजीलाई ८०५ भन्दा बढी बिद्युत प्राधिकरणका पावर सबस्टेशनमा सञ्चारका लागि परिचालन गरिएको छ । एबीबीले बिभिन्न हाइड्रो परियोजनका निमित्त यूनिफाईड अटोमेसन सिस्टमस, डिजिटल गभरनर्स, सीनक्रोनाईजर्स, तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्वारा थुप्रै प्रबिधिहरुको समाधान गर्दै आएको छ ।
नेपालसँग एबीबीको संयोजकत्वमा लामो समयदेखि सहायक उर्जा परियोजना चल्दै आएको छ । उद्योगहरु, यातायात या घरहरुमा सौर्य उर्जा र पावर ट्रान्समिसनलाई अझै बढी दक्ष बनाउन, ईनर्जी एक्सेस र त्यसको गुणस्तरमा अझै सुधार ल्याउन, कार्बन उत्सर्जनलाई कम गर्ने, उर्जा बचतमा सहयोग पुर्याउने जस्ता कामका लागि एबीबी टेक्नोलोजीजले सहयोग महत्वपूर्ण रहेको विज्ञहरू बताउँछन् ।
सिमेन्ट उत्पादन संघ नेपालका अनुसार देशले आगामी एक वर्षमा क्लिंकर प्रोडक्ट्सन्मा आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।
एबीबी टेक्नोलोजीजलाई केही ठूला सिमेन्ट कम्पनीहरुले अहिले देखी नै उपत्यका भित्र परिचालनमा ल्याइसकेका छन् ।