विजयपुर । प्राविधिक ज्ञानका अभावका बाबजुद पनि पूर्वी नेपालका किसानहरुले यस यस बर्ष सुन्तला उत्पादनबाट मनग्गे आम्दानी गर्ने कृषकहरु बताउछन् ।
सहीदभूमि गाउपालिका वडा नं. २ की निर्मला राईलाई उतिसाह्रो प्राविधिक ज्ञानको छैन । आफूले जानेको सामान्य ज्ञानकै भरमा परिवारको सहयोगमा सुन्तलाको खेति गर्न थालिन् । अहिले उनी अन्य बाली नाली मासेरै पूरै सुन्तलाको खेतितर्फ आकर्षित भएकी छन् । उर्नी अहिले सुन्तला खेतीबाट नै बार्षिक डेढ देखि २ लाख सम्म आम्दानी गर्ने गर्छिन् ।
उनी भन्छिन् ‘ पहिलो सुन्तलाको बोट गाउघरमै खानको लागि रापेका थियौ । खासै विक्री पनि हुदैनथ्यो । अहिले भने सुन्तालाको माग ह्वात्तै बढेको र घर घरमै व्यापारी आएर खरिद गर्न थालेपछि व्यवसायिक रुपमै सुन्तलाको खेती गर्न थाल्यौ, यसले मनग्गे घर चलेको छ ।’
शुक्रबार धरान स्थित कृषि बजारमा भेटिएकी उनले अहिले कादो, मकै लगायतका अन्य बाली उब्जाउन छोडेर सुन्तलाको बोटमात्रै ६०/ ७० वटा बोट रोपेको बताइन्  ।

यस्तै सागुरी गढी गाउपालिका वडा नं. २ माङगेवाका जितबहादुर पनि पछिल्लो समय व्यवसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । गत बर्ष २ लाख आम्दानी गरेका उनले यस बर्ष अझ बढी आम्दानी गर्ने साचमा छन् । प्राविधिक ज्ञान खासै भएका उनले धनकुटाको पात्लेमा रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेलेबाट लिएको सामान्य ज्ञानले उनलाई केही सहज भने भएको छ । ०५६ सालदेखि मकै, कोदो लगाउने ठाउलाई मासेर सुन्तलानको खेति शुरु गरेको राई भन्छन् –धनकुटामा पात्लेमा भएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा थोरै तालिम लिएको थिए“, त्यसैको आधारमा अहिले व्यवसायिक रुपमा सुन्तलाको उत्पादन गरिरहेको छ, राम्र्रै छ, घर चलेकै छ ।’

यता व्यापारीहर्रु भने सुन्तलाको उत्पादन बढ्दा व्यापारीलाई भने खासै खासै फाइदा नहुने बताउछन्। विगत २० बर्षदेखि सुन्तोलाको खरिदविक्री गर्दै आएका ज्ञानबहादुर बस्नेतले थोरै उत्पादन हुदा भाउ आकासिने र धेर उत्पादन हुदा कम भाउ हुने भएकोले पनि कम आम्दानी हुने बताए । उनले गत बर्षको तुलनामा या बर्ष सुन्तला प्रसस्त फलेका कारण मूल्य घट्ने र सोचेजस्तो आ्म्दानी नहुने बताए । उनले भने– गत बर्ष सुन्तलाको व्यापारबाटै अढाई लाख आम्दानी गरे, यो बर्ष त्यो लक्ष्यण देखिदैन ।’

सुन्तलाको उत्पादन बढेकै कारण यस बर्ष कारोबार समेत बढ्ने अनुमान धरानस्थित कृषि बजार व्यवस्थापन समितिले गरेको छ । समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आर्थिक बर्ष ०७४/०७५ का मंसिर दोस्रो सातासम्ममा १ हजार ४ सय २० मेट्रिक टन बराबरको सुन्तलाको खरिद विक्री गर्दा बजारमा १४ करोडको कारोबार भएको थियो । यस बर्षकोे शुरुवातै समयमा २ हजार २ सय १९ मेट्रिक टन सुन्तालाको कारोबार भइसकेको कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्पक लक्ष्मण भट्टराइले बताए । उनी भन्छन्– ‘यही हाराहारीमा कारोबार हुने हो भने सुन्तलाको अन्तिम सिजनसम्ममा १ अर्ब मूल्य बराबरकोे कारोबार हुने अनुमान गर्न सकिन्छ ।’

गत बर्ष सुन्तला उत्पादन कमी भएका कारण ८० देखि १ सय ५० रुपैया प्रतिकेजीमा कारोबार भएको सुन्तला अहिले भने ८० देखि १ सय २० रुपैया प्रतिकेजीमा सुन्तलाका खरिद विक्री भएको उनकोे भनाई छ । सुन्तलाको उत्पादन बढेकै कारण अहिलेको मूल्य भन्दा बढी मल्य नबढ्ने संकेत दिएकोे उनले बताए ।
कृषि बजार व्यवस्थापन समितिका अनुसार यो बजारमा पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला भित्रिेने गरेको छ ् भने यहाबाट इटहरी, विराटनगर, दमक, विर्तामोड, राजनविराज, लाहान, जनकपुर लगायतका बजारहरमा सुन्तला जाने गरको छ ।