रङ्गेली/ भोको पेटलाई खानेकुरा चाहिन्छ त्यसको अरु विकल्प छैन । साना बालबालिका त्यसै चञ्चलले स्वभाव हुन्छ । भोको पेटमा खेल्न पाए एकछिन अल्मलिएलान् । तर, भोको पेटले पढ्न सक्दैनन् । जति नै फकाए पनि खाली पेटमा शिक्षा निरर्थक हो ।
विराटनगर महानगरपालिकाको एक प्राथमिक विद्यालयमा यस्तै भोका बालबालीका पढन आउछन् । ‘टिफिन’ सम्म पनि शिक्षकहरुले अलमल्याएर राख्न सक्दैन् ।‘१२ नबज्दै पिर्लीक(पिर्लीक आँसुका डल्ला झादै भोकलागो भन्दै रुन्छन् ।’ शिक्षिका सिता दाहालले भनिन् ‘मनले मान्दैन खाएर आओ भन्छौ तर फर्केर आउदैनन्, खोज्न जानु पर्छ ।’ विराटनगर-१ श्रीनगर टोलमा परोपकार घाट नजिकै रहेको सयपत्री परोपकारका प्राथमिक विद्यालयमा दैनिक दोहोरीने दृष्य हो यो ।
अत्यन्तै विपन्न र सुकुम्बासी परिवारका बालबालिका पढने उक्त विद्यालयमा विद्यर्थीको उपस्थिति अत्यन्तै न्युन हुन्छ । जसको कारण भोक हो । बाल कक्षा देखि ४ सम्म पढाइ हुने विद्यालयमा ५६ जना विद्यार्थीले नाम लेखाएका छन् ।
पढन आउने विद्यार्थीको संख्या मुस्किलले २०-२२ जना पुग्ने गरेको प्रधानध्यापक छत्रबहादुर कट्वाल बताउछन् ।
विहान बेलुका हातमुख जोडनै धाउ-धाउ पर्ने परिवारका विद्यार्थी छन् । अविभावका विहानै काममा जानाले केटाकेटीको विद्यालयबारे चासो कोहि नहुने शिक्षकहरु बताउछन् । ‘विद्यार्थीका आमाहरु विहानै देखि अर्काको घरमा भाडामाजन जान्छन् ।’ शिक्षिका कमला दुलालले भनिन् ‘आमा नभए पछि कस्ले खान दिने,कपडा लगाइदिने र स्कुल पठाउने ।’ बालबालिका विद्यालय पुग्ने धुलोमैलो अवस्थामै पुग्ने गरेका छन् ।
कहिलेकाहि विद्यार्थीको घर-घर पुगेर ल्याउने गरेको प्रधानध्यापक कट्वारलले बताए । सबै विद्यार्थी नियमित नहुदा तनाव हुने गरेको शिक्षकहरु बताउछन् । गाउँ घरमै सबै विद्यार्थी भए पनि नियमीत नआउने गरेको प्राध्यापक कट्वालले बताए ।
विद्यालयमा अधिकांस मुस्लिम समदायका विद्यार्थी छन् । विद्यार्थीहरु नियमित विद्यालय नआउनुमा गरिबी मुख्य कारण देखिन्छ । आमाहरु भाडा माझ्ने कामबाट फर्केपछि मात्र उनीहरुले खान पाउने भएकोले त्यसकै आसमा बस्ने गरेको शिक्षकहरु बताउँछन् ।
आमाले काम गर्ने ठाउँबाट खाना ल्याउने नभए घरमा आएर पकाउने गरेकोले १२ नबज्दै विद्यार्थीहरु घर जान हतरिने गर्छन् । विद्यार्थीलाई विद्यालयमा खाजाको व्यवस्था भए रोक्ने सकिने शिक्षिका कमला दुलाले बताइन् ।
केहि पाउने आसले मात्र अभिभावकले बालबालिकालाई भर्ना गराउने गरेका छन् । विराटनगरमा लाग्ने हटियामा सामान बोकाएर लैजान छोराछोरी लिन अभिभावक नै आउने गरेको प्राध्यापक कट्वालले बताए । कतिपय विद्यार्थी ग्यारेज,सइकल दोकानमा काम गर्न जाने गरेका छन् । ५० रुपैयाँका लागी आमा बाबुले नै छोराछोरी पठाउने गरेको शिक्षकहरु बताउ छन् ।
गरिबी र भोकको कारणले विद्यार्थीहरु नआउने आएका पनि थोरै समय मात्र विद्यालय बस्ने गरेको महानगरको शिक्षा महाशाखाकी विद्यालय निरिक्षक लिला सिवाकोटीले बताइन् । विद्यार्थीहरु भोकले पिर्लीक-पिर्लीक आँसु झार्दै रोएपछि कसरी पढाउन सक्नु उनले बताइन । सिमान्तकृत बालबालिकालाई हाजीरी भएको आधारमा प्रत्येक दिन १५ रुपैयाँ नगद खाजा खर्चको व्यवस्था छ ।
त्यो रकम विद्यालयले आफ्नै तजबिज अनुसार वितरण गर्ने गरेको उनले जानकारी दिइन् । शिक्षकहरुले तदारुकता देखाए केहि हदसम्म समस्या समाधान हुन सक्ने उनले बताइन् ।
खाने पानी देखि सुरक्षा सम्मको समस्या
विराटनगर महानगरपालीका-१ मा रहेको सयपत्री परोपकार प्रथमिक विद्यालयको भवन र चौर भएपनि त्यसलाई सुरक्षीत राख्न सकेको छैन । विद्यालयको चौर गाइ चरण देखि हटिया लाग्ने स्थान बनेको छ ।
मंगलबार हिट्याको दिन विद्यालय आधा समयमात्र लाग्छ । हटयाको दिन विद्यालयको दलान चिया दोकान र आलु गोदाम बन्ने गरेको प्रध्यापक कट्वालले बताए । त्यसो नगर्न भन्दा व्यवसायीको हप्की खानु परेको उनले बताए ।
हट्याको भोली फोहोर र दुर्गन्धले बसिनसक्नु बन्ने गरेको शिक्षिका दाहालले बताइन् । विद्यालयमा खाने पानीको पनि त्यतिकै समस्या रहेको छ ।‘ भएको एउटा चापाकल पनि सौचलाय छेउमै छ ।’ कट्वालले भने ‘दिग्मीग लागेर घरबाटै पानी ल्याउछौ,
विद्यार्थीलाई छेउछाउबाट ल्याइ बाल्टीमा राखि दिन्छौ ।’ चापाकल चोरी हुने डरले सौचालय छेउमा गाड्नु परको उनले बताए ।विद्यालयमा टिनको छाना चुहिने,पंखाको अभाव देखि अन्य थुप्रै समस्या रहेका छन् ।
महानगर र वडाले विभिन्न आश्वासन दिए पनि काम भने हुन नसकेको उनले गुनासो गरे ।
विद्यालयको बालकक्षामा छात्र ३ र छात्रा १२ जना छन् । कक्षा १ मा छात्र-६ ,छात्रा-५,कक्षा २ मा छात्र-७ ,छात्रा-४,कक्षा ३ मा छात्रा-४,छात्रा-४ र कक्षा ४ मा छात्र-२ र छात्रा-५ जनाले २०७५ को शैक्षिक सत्रमा भर्ना भएका छन् ।
उक्त विद्यालयमा ५ जना शिक्षक, एक जना बालकक्षा शिक्षक र एक जना कार्यालय सहयोगी रहेका छन् । विद्यालयमा कम्पाउण्ड लगाउन २ लाख व्यवस्था गरिसकेको विद्यालय निरिक्षक सिवाकोटीले बताइन् ।
त्यसैगरी हट्या व्यवस्थापनकोलागी महानगरसँग समन्वय गरी प्रकृया अगाडी बढाउने उनले बताइन् । विद्यालय सुधारकोलागी क्रमैसँग काम भइरहेको उनले जानकारी दिइन् । बालबालीकाको धेरै प्रकारका हक र अधिकारका लागी संसारकै उत्कृष्ट दावी गरिएको हाम्रो संधिानमा धारा ३९ मा व्यवस्था छ ।
संविधानमा व्यवस्था हुदैमा बालबालिकाले अधिकार पाए कत्ति जाति हुने थियो ।