पाँचथर/पाँचथरको तुम्बेवा गाउँपालिका कार्यालयलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । गाउँपालिकाको सेवा प्रभाहलाई प्रभावकारी बनाउँने उदेश्यले सिसी क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यालयको काम कारवाही चुस्तदुरुस्त बनाउँन र अपराधिक कृयाकलाप न्युनिकरण गर्नको लागि सिसी क्यामेराले सहयोग पुर्याउने गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यालयलाई पनि कुनै घटना घट्ने सम्भावना भए यो प्रविधिले अनुसन्धानमा सहयोग गर्ने छ ।
रातको समयमा पनि क्यामेरालाई सञ्चालन गर्नका सौर्य बत्तीको प्रयोग गर्ने थापाले बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को ५ लाख रुपैयाँको बजेटबाट बिद्युतिय हाजिरी र सिसि क्यामेरा जडान गर्दै आएको छ ।
बिद्युतको पहुँचबाट टाढा रहेको गाउँपालिकामा सौर्य उर्जाबाटै कार्यालयका गतिविधिहरु सञ्चालन गदै आएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले जनाए । वडा कार्यालय, स्वाथ्य चौकी, विद्यालयहरुमा समेत सोलारबाटै बिद्युतीय हाजिरी र अन्य काम काजहरु गर्ने गरेको दाहालको भनाई छ ।