उदयपुर / उदयपुरमा पत्रकार आचारसंहितासम्बन्धी एक दिने मिडिया संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको संयोजनमा बुधबार कार्यक्रम भएको हो । प्रेस काउन्सिल नेपालको कार्यवाहाक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घको अध्यक्ष गोविन्द आचार्यले कार्यक्रममा सहजीकरण गरेका थिए ।
आफैंले बनाएको अचारसंहिता सम्मानपूर्वक पालना गर्नुपर्ने र जनताको आवाज बन्नुपर्नेमा उनीहरूले जोड दिए । उदयपुरको बरिष्ठ पत्रकार कौशल चेम्जोङले पत्रकारहरू मर्यादामा बसे धेरै समस्या हटेर जाने बताए । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरका पूर्वअध्यक्ष महेश्वर चाम्लिङले पत्रकारहरूलाई सामाजिक सुरक्षाभत्ता, व्यवसायिक सुरक्षा र मिडियालाई सरकारले विशेष रूपमा टेवा पुर्याउनु पर्ने माग गरे ।
महासङ्घ शाखा उदयपुरका अध्यक्ष भरत खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।