मधुमल्ला/नया पत्रकार उत्पादन गर्ने उद्देश्य मोरङको उर्लाबारीमा भएको ७ दिने आधारभूत पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाको सहयोग एवम् सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा मंसिर १९ गतेबाट शुरु भएको तालिममा ३० पत्रकारहरू सहभागी थिए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यता एवम् क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
मेयर फागोले पत्रकारिता क्षेत्र मर्मादित बनाउनुपर्ने बताए । कार्यक्रममा उर्लाबारी नगरपालिका–७ का वडाध्यक्ष बीरबल थापा, सञ्चार कलब नेपालका पूर्वअध्यक्ष रुपेन्द्र शेर्मा, प्रशिक्षक लिलाराज खतिवडालगायतले बोलेका थिए । उक्त कार्यक्रमको सञ्चालन पूर्वअध्यक्ष घनश्याम भण्डारीले गरेका थिए ।
पत्रकारिता क्षेत्रका बारेमा लेखक तथा पत्रकार लिलाराज खतिवडासहित स्थानीय आधा दर्जन बढी अग्रज पत्रकारहरुले उक्त तालिमको सहजीकरण गरेका थिए । ग्रामीण क्षेत्रको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्ने उद्देश्यले २०६० सालमा स्थापना भएको उक्त क्लबमा पूर्वी मोरङका ४६ जना सक्रिय पत्रकारहरू आवद्ध छन् ।