नजाऊ भीरको बाटो नगाऊ दुख्खका गीत
नजरमा टल्किने मोती हुँदैनन् हुन्छ त्यो शीत
किनेको कागजी फूलमा न वास्ना, प्रेम जीवन्त
जहाँ विश्वास आस्थाको कदममा हाँस्दछन् जीत,
अगाडि बढ्दछन् आँट्टी हजारौँ देखिऊन् बाधा
सहासीकै त हो धर्ती कति बाँच्छन् र हो भीत,
न जाति, रङ्गको भेद अहा आदर्श प्रीतिमा
नथाकी बढ्नु सक्नेले बदल्नै पर्छ यो रीत
नमर्ने खानकै लागि र मर्ने नामका लागि
खुला आकाश ताराझैँ उज्याला बन्दछन् ती त