पाँचथ/ सदरमुकाम फिदिममा बुधबार सूचनाको हकसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा पाँचथरसहित ताप्लेजुङ, इलाम र तेह्रथुम जिल्लाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत र पत्रकारहरूको सहभागिता रहेको थियो । स्थानीय निकायलाई सूचनामैत्री बनाउने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय सूचना आयोगकी सह–सचिव गीताकुमारी हुमागाईले बताइन् ।

सूचना आयुक्त यसोदा तिम्सिनाले सूचनाको हक र नेपालमा यसको कार्यान्वयनको अवस्थाबारे जानकारी गराइन् ।