धरान /  अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समुहले १० औं संस्करणको ‘परदेशी बिम्बहरु’ शनिवार धरानमा एक कार्यक्रमकाे आयोजना गरि विमोचन गरेको छ ।
प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी र भाषाविद् प्राडा टंक न्यौपाने, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समुहको अध्यक्ष सुरेन्द्र परदेशी लिम्बुलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।
भारतीय सेनामा कार्यरत युवा साहित्यकारहरुले विगत १० बर्षदेखि ‘परदेशी बिम्बहरु’ बार्षिक रुपमा प्रकाशन गर्दै आएका छन् । १० औं संस्करणमा विभिन्न वादहरु झर्रा, नव आयम, भय, अस्वीकृति, स्वीकृतिलगायतलाई समेटिएको अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समुहको अध्यक्ष सुरेन्द्र परदेशी लिम्बुले जानकारी दिए ।
कार्यक्रममा मोरङ, सुनसरी, पाँचथर र धनकुटालगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
कार्यक्रममा परदेशी र डायसफोरा विचको फरकका विषयमा अन्र्तक्रिया समेत भएको थियो । अन्तरक्र्रियामा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समुहका उपाध्यक्ष भीम विरहीले परदेशीका विषयमा र डायसफोराका विषयमा प्राडा रामजी तिम्सिनाले प्रष्टपारेका थिए । तिम्सिनाले डायसफोराको विषयमा विद्यापारिधि गरेका हुन ।

विदेशी भूमिमा सेनामा जागिर खादै भीम विरही, सुरेन्द्र परदेशी तथा बुद्धि थेबे(सचिव)लगायतले निरन्तर नेपाली साहित्यको उत्थानका लागि दिएको योगदान अतुलनीय भएको भाषाविद् प्राडा टंक न्यौपानेले बताए । विरही र थेव कविता विधामा र लिम्बु कथा विधामा कलम चलाउदै आएका छन् । विदेशी भूमि त्यो पनि युद्ध मैदानमा रहेका सिपाईहरुले नेपाली साहित्यमा दिएको योगदानको राज्यले कदर गर्नु पर्ने प्रमुख अतिथि सभामुख भण्डारीको भनाई थियो ।
पूर्वको कला साहित्यमा उर्भर भूमी धरानमा उनीहरुले पहिलो संस्करणदेखि १० औं संस्करणसम्म बार्षिक रुपमा विमोचन कार्यक्रम गर्दै आएका छन् ।