इटहरी/विमानको बाटो देखाउँने इटहरीको लोकेटर टावर बर्षौदेखि बिग्रिएर थन्किएको छ ।

करिब १५ वर्षअघि नै लोकेटर टावरको मेसिन बिग्रिएर थन्किए पनि सम्बन्धित निकायले मर्मतमा ध्यान दिएको छैन । हवाइ रूटका लागि अनिवार्यरूपमा प्रयोग हुदै आएको लोकेटर टावर थन्किए पनि सम्बन्धित निकायले मर्मतमा चासो नदेखाएको हो । प्रविधिको विकासका कारण हवाई रूटको आवश्यकता खड्किन छाडेपछि टावरको मर्मत नभएको कर्मचारीहरू बताउँछन् ।

अहिले टावरका सामग्री कवाडीमा परिणत भएका छन् । ३ बिघा जमिनमा फैलिएको टावर त्यसै थन्किएको छ । बाहिर अहिले पनि लोकेटर टावर खेलेको भेटिए पनि भित्र गौचरणमा परिणत भएको छ । कर्मचारीहरू पनि भेटिदैनन् । बिहीबार कार्यालयमा भेटिएकी ज्यालादारी कर्मचारी सुरेशकुमार चौधरीको श्रीमती झबडीले श्रीमान धान काट्न घर गएको बताइन ।

झबडीले भनिन्, ‘१३ वर्षदेखि टावरको रेखदेख गर्दै आएको छौ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय मातहतमा रहेको उक्त लोकेटर टावर संरक्षण अभावकै कारण गौचरणमा परिणत हुन थालेको छ । स्थानीय भगतबहादुर चौधरीले लामो समयदेखि टावर बिग्रिएको बताए ।

यता नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले नयाँ प्रविधिको विकाससँगै लोकेटर टावरको आवश्यकता नभएको कारण मर्मत नगरिएको बताए । लोकेटर टावरले जहाजलाई यता उता भन्दै लोकेशन देखाउँथ्यो अब त्यो अबस्था रहेन अहिले प्रविधिले फड्को मारेको छ उनले भने । टावरको मेसिनहरु समेत विग्रीएर थन्किएको बताउँदै उनले भने त्यो मेसिन समेत बनाउँदा पनि हामीलाई काम दिदैन ।

जग्गा ठेक्काको तयारी
नेपाल नागरिक उड्यान कार्यलय विराटनगरको माहतमा रहेको लोकेटरकोको जग्गा करीब ३ विगाह भाडामा दिने तयारी भएको जनाएको छ । मासिक करीब २ लाख रुपैयामा भाडामा दिने सम्झौता अन्तिम चरणमा पुगेको नेपाल नागरिक उडयान कार्यलय विराटनगरले जनाएको हो ।

मुख्य हाईवेको करोडौ मुल्य पर्ने जग्गा लथालिङ् अवस्थामा बसेको भन्दै त्यसलाई ठेक्का मार्फत भाडामा दिने तयारी भएको उड्यान कार्यलय विराटनगरका प्रमुख टेकनथा सिटौलालले बताए । उनले भने हामीले करीब २ लाख महिनाको भाडा लिने गरी टावर मातहतको जग्गा भाडामा दिने तयारी गरेका छौ । यता आफुले जग्गा उड्यान कार्यलय सँग भाडामा लिई ब्यावसाय सुरु गर्ने लागेको परिवर्तन राईले बताए ।

आफुले जग्गा मासिक २ लाख भाडामा लिएर ब्यापार सुरु गर्ने लागीएको बताए । मैले सम्झौता गरेर काम सुरु गरीसकेको छु केहि समय पछि ब्यावसाय सुरु हुन्छ उनले भने ।